धनगढी। कैलालीको मोहना नदीमा डुबेर धनगढीका २ जना बेपत्ता भएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका ३ स्थित मोहना नदीमा एक जना डुबेर बेपत्ता भएका हुन्। कैलाली प्रहरी का अनुसार बेपत्ता हुनेमा धनगढी उपमहानगरपालिका ३ का स्थानीय मोहन रानाका १० वर्षिय छोरा प्रिन्स राना मोहना नदीमा डुबेर बेपत्ता भएका हुन्।
उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा पनि मोहना नदीमा एक जना बेपता भएका छन्। धनगढी १९ खेदा गाउँका २७ वर्षीय माने भनिने रिस मान चौधरी बेपत्ता भएका हुन्। नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानिमा डुबि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। नदीमा डुबेर बेपत्ता भएका दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।