जनता समाजवादी पार्टी नेपालका संघिय परिषद सदस्य हेमराज पन्तले पार्टी परित्याग गरेका छन् । पार्टीका संघिय परिषद तत्कालिन अध्यक्ष रहेका बाबुराम भट्टराईको मार्ग दर्शनबाट प्रभावित बनी सो पचर्टीमा लागेका पन्त बाबुराम भट्टराइले पार्टी छोडेर अर्कै पार्टी खोलेपछि आफु पार्टीमा नबस्ने घोषणा गरेका हुन् । नेकपा माओवादी केन्द्रकै चुनाव चिन्हमा निर्वाचन लड्ने सहमती अनुसार नेपाल समाजवादी पार्टी गठन गरेका बाबुराम भट्टराइको पार्टीमा उनि लागेनन् ।
आफुले जनता समाजवादी पार्टी परित्याग गरेको तर डां बाबुराम भट्टराइको नेपाल समाजवादी पार्टीमापनि नलागेको बताए । डा.भट्टराइको बिचार मन परेर जनता समाजवादी पार्टीमा सक्रिय भएपनि माओवादीसंगको एकता गर्ने तयारी सहित एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमतीपछि उनी बाबुराम संगै नगएका हुन् । माओवादीकै चुनाव चिन्हबाट निर्वाचन लडेपछि माओवादीनै भएको बताउँदै उनले आफु त्यो गठबन्धनमा जान नसक्ने स्पस्ट पार्दै पार्टी छोडेका हुन् ।
पन्त जनता समाजवादी पार्टीमा सक्रिय भएपछि धनगढीमा पार्टी प्रवेश गर्ने लहरनै चलेको थियो । धनगढी लगायत कैलालीमा आफ्नो छु्ट्टै पहिचान बनाउन सफल पन्त पार्टीलाई बलियो शक्तीका रुपमा अगाडी बढाउन सफल भएका थिए । उनी पार्टीमा सक्रिय भएपछि जनता समाजवादीले धनगढीमा छुट्टै पहिचान बनाउन सफल भएको थियो । तर उनले माओवादीको बाटोमा बाबुराम हिँडेको भन्दै पार्टी परित्याग गरेका हुन् । तत्काल कुनै पार्टीमा नजाने उनले बताएका छन् ।