नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका सांसद रतन थापासहितका नेता कार्यकर्ता नागरिक उन्मुक्तिमा लागेका छन् । प्रदेश सांसद थापासहित पूर्व संघीय सांसद तथा राप्रपाका केन्द्रीय सदस्य हिमान्चलराज भट्टराई, निवर्तमान सांसद कैया चौधरी लगायतका एक दर्जन बढी नेताहरुले नागरिक उन्मुक्तिमा प्रवेश गरेका हुन् ।
रिपोर्टस क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई रेशम चौधरीकी पत्नी नागरिक उन्मुक्ति पार्टी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले स्वागत गरेकी छन्। पार्टी प्रवेश गर्दै थापाले रेशम चौधरी टिकापुर घटनाको दोशी नरहेको बताए । टिकापुर घटनाका प्रत्यक्षदर्शी हामी छौँ, रेशम चौधरी त्यहाँ थिएनन्, अब सो घटनाबारे भन्नैपर्ने हुन्छ थापाले भने “हिजो अखण्ड सुदूरपश्चिम भन्ने दुई नेता छन् त्यहाँ अहिले दुइटै एउटै पार्टीमा हुनुहुन्छ, नाम तपाइहरुनै याद गर्नुहोला, देशभरीमा संघियता ल्याउने अनी सुदूरपश्चिममा मात्रै अखण्ड हुन्छ ।”
नेताहरुले के संघियता चाहिएन भन्नुपर्छ हैन भने कुनै बिकास क्षेत्रलाई खण्डड सुदूरपश्चिम भन्दै जनता बिभाजन गर्न पाइन्छ? थापाले प्रश्न गरे “थारुहरुले आफ्नो पहिचान चाहियो भन्दा उनिहरुका घरघरमा गएर उनका गाडी मोटरसाइकल जलाउन जाने को थियो ।” कुन चौधरीले घर जलाएको छ र, त्यो अखण्डको ५ हजार मोटरसाइकल आउँदा मैले रोक्नुस भनेको थिए तर रोक्नुभएन उनले भने “थारु समुदाय उग्र भएको भए त्यसैदिन मार्ने थिए, भोली पल्ट अर्को घटना घटेको छ, इन्डियाका, हाम्रा अनुहार संग नमिल्ने मान्छेहरु त्यहाँ आएका छन्, नेपाली काग्रेंसका अम्लेश कुमार शिहं, राजेन्द्र महतोले टिकापुरमा गएर भाषण गरेका छन् अब डोका बोकाएर पहाड पठाउनुपर्छ भनेर के रेशमले त्यसो भनेका थिए, थिएनन नी ।”
नेपाली नेताहरुले थारु र पहाडीको द्वन्द्ध गराउन चाहान्छ, २७ बर्षसम्म माननिय र मन्त्री भएको थारुकै नामबाट भात खाइरहेको नेताहरुको नाम तपाइहरुनै याद गर्नुहोला उनले भने “त्यो ब्यक्तीलाई प्रयोग गरेर उसको माध्यमबाट मधेशी दलमा भएका मान्छेहरुले त्यहाँ भाषण गरेर पहाडीलाई लखट भन्ने काम भयो, अनी सुदूरपश्चिमको भाग्य निर्माता हौँ भन्ने दुई जना नेता छन् कमान्डर हुँ भन्नेहरुन्र अखण्ड चाहिन्छ भनेर लागे अखण्ड नभए सकिदिन्छौँ, मारिदिन्छौँ भनेर पहाडी एक बनाएका हुन् अँझपनि यो ठुलो रणमैदान हुन सक्छ ।”
https://www.facebook.com/RameshMalikatv/videos/773458157194205