प्रदेशसभा सदस्य तथा नेकपा एमालेका पुर्व कैलाली जिल्ला अध्यक्ष रतन थापा नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गर्न लागेका छन् । श्रोतका अनुसार आज बिहान नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता चौधरी र थापाको बैठकमा थापा सो पार्टीमा प्रवेश गर्न सहमत भएका हुन् । थापा संगै राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा पुर्व सांसद कैया चौधरीपनि पार्टी प्रवेश गर्न लागेका हुन् ।
थापा र चौधरीको नेतृत्वमा धेरै नेता कार्यक्रताहरु नागरिक उन्मुक्ती पार्टी प्रवेश गर्न लागेको पार्टीले जनाएको छ । सुदूरपश्तिम प्रदेश सभा सदस्य रतन थापालाई नेकपा उमालेले निर्वाचनमा आफ्नै उमेदवार हराउन लागेको लगायतका आरोप लगाउँदै गत असार १४ गते कारबाही गरेको थियो।