मंसिर ४ गतेको प्रतिनिधीसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई दोहोर्याउने काग्रेंसले निर्णय गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागी उनलाई कैलाली ५ बाट प्रत्यक्ष उमेदवार बनाउने काग्रेंसले निर्णय गरेको हो ।
बुधबार काग्रेंस कैलाली क्षेत्र नम्बर ५ क समितिको बैठकले उनलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उमेदवार बनाएको हो। अघिल्लो निर्वाचनमा राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग ४ हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन्। विजयी रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन्।