नेकपा एकिकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशका निबर्तमान अध्यक्ष बिक्रम शाही एमाले प्रवेश भएका छन् । आज उनलाई एमाले अध्यक्ष केपी सर्मा ओलीले कञ्चनपुरमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेशपछि कार्यक्रममा बोल्दै शाहीले माधव नेपालले पार्टीलाई भिख माग्ने भाँडो बनाएको आरोप लगाए ।
उनले आफु पार्टीमा कुनै पद माग्न नआएको बताउँदै अब अन्य साथीहरुलाइपनि एमालेमा फर्काउने अभियानमा लाग्ने र समाजवादी, माओवादी र काग्रेंसलाई हराउनमा लाग्ने बताए । माधव नेपालले आफ्नो पार्टीलाई शेर बहादूर देउवाकहाँ मागी खाने भाँडो बनाएको आरोप लगाए । आफु कुनै पदका लागी समाजवादीमा नगएको दावी गर्दै उनले कुनै पदका लागीपनि एमालेमा नफर्किएको बताए ।