कैलाली। सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी पदबाट बर्खास्त भएका छन् । एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई पदबाट हटाइएको छ । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उनका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए । चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको कुँवरले बताए।
चौधरी २५ चैत २०७८ मा मन्त्रीमा नियुक्त भएका थिए । पार्टीको नीति विपरित कार्य गरेको भन्दै हटाएको हुन सक्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री डा रण बहादुर रावलको भनाइ छ । समाचार स्रोतका अनुसार कुलवीर आजै कञ्चनपुरमा हुने कार्यक्रममा नेकपा एमालेमा प्रवेश गर्दै छन् । पार्टी प्रवेश गराउन एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर पुगिसकेका छन् ।