धनगढी : भारतसंग जोडिएका कैलाली जिल्लाका सिमा नाकाबाट चोरी तस्करी हुने घटना नौलो होइन । तर बर्षेनी कैलालीमा आउने प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृतहरुले चोरी तस्करी नियन्त्रण गर्ने उद्घोष गर्ने गरेका छन् । तर चोरी तस्करी नियन्त्रण देखावटी भनाइमा मात्रै सिमित हुने गरेको छ । सिमा क्षेत्रमा बस्ने नेपाली नागरिकका हजारौँ गुनासालाई प्रहरी र सशस्त्र प्रहरीले वास्ता गर्दैन । दिनहुँ चोरी तस्करी भइरहँदा शुरक्षा निकाय मौन बसेको गुनासो स्थानियको छदैछ । झन शुरक्षाकर्मीकै मिलेमतोमा तस्करी भइरहेको प्रत्यक्षदर्शीले बताएपनि सशस्त्र प्रहरी त्यो नियन्त्रणमा चासो दिदैन ।
कैलालीमा पछिल्लो समय तस्करी झन बढेको पाइएको छ । स्थानियका अनुसार बिगतको तुलनामा भारतबाट अबैध रुपमा तस्करी निकै बढेको छ । शसस्त्र प्हरीको मिलेमतोमा तस्करी भइरहेको सिमा क्षेत्रमा बस्ने नागरिकको आरोप छ । उसो त सिमा क्षेत्रमा हुने अबैध तोरी तस्करी रोक्न र सिमा शुरक्षाका लागी सशसत्र प्रहरीका बिओपी निकै थपिएका छन् तर तस्करी भने झन बढ्दै गएको छ ।
बिगतमा सशस्त्र प्रहरीका डिआइजी, जिल्लाका एसपी र बिओपीका इन्सपेक्टरले सादा पोसाकमा आफ्ना घुमुवा खटाएर तस्करबाट महिनावारी अशुल्दै आएका थिए । पछिल्लो समय सशस्त्र प्रहरीले घुमुवा खटाउनमा रोक लगाएसंगै डिआइजीले घुमुवा खटाएको पाइएन । श्रोतका अनुसार अहिले डिआइजीलाई तस्करबाट महिनावारी रकम जाँदैन ।
चार जना ‘गुप्ता’ थर भएका तथा एक जना ‘शर्मा’ थर भएका तस्करसँग सेटिङ मिलाएर प्रहरी र सशस्त्र प्रहरीले आर्थिक लाभ लिने गरेको श्रोतले बताउँछ । सशस्त्र प्रहरीको ३४ नम्बर गण धनगढी, बिओपी त्रिनगर र जिल्ला प्रहरी कार्यालय कैलालीलाई भने तस्करबाट महिनावारी रकम जाने गरेको पाइएको छ ।
हामीले प्राप्त गरेको जानकारी अनुसार सशस्त्र प्रहरीको ३४ नम्बर गण धनगढीलाई तस्करबाट ५ लाख ५० हजार महिनावारी रकम आउने गरेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीलाई ४ लाख ५० हजार र बिओपी त्रिनगरलाई १ लाख २० हजार रकम महिनावारी आउने गरेको छ । बिगतमा डिआइजीले आफ्नै घुमुवा खटाएर महिनावारी ५ लाख रकम अशुल्ने गरेपनि अहिले डिआइजीले तस्करबाट रकम खान बन्द गरेका छन् ।
सशस्त्र प्रहरी हेडक्वाटरले सादा पोसाकमा घुमुवा खटाउन बन्द गरेपनि ३४ नम्बर गण कैलालीले ४ जना सादा पोसाकका घुमुवा खटाएर तसकरबाट रकम उठाउने गरेको पाइएको छ । यस्तै बिओपी त्रिनगरले १ जना सादा पोसाकको घुमुवा खटाएर महिनावारी रकम उठाउने गरेको छ ।
तर सशस्त्र प्रहरी सुदूरपश्चिम प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक दुर्गा भट्टराई भने मिलेमतोमै तस्करी भएको कुरा स्वूकार गर्दैनन् । हाम्रो मिलेमतोमा तस्करी हुने कुरै हुँदैन हामी नियन्त्रण गर्न लागेका छौँ भट्टराईले भने “कहीँ कतै शुरक्षाकर्मीको आँखा छलेर तस्करहरुले समान भित्र्याइरहेकै छन्, हामीले पुर्ण रुपमा रोकेका छौँ भन्दैनौ, हाम्रो टोलीले फेला पार्न नसकेर समान आइरहेको होला तर हाम्रो त्यसमा मिलेमतो भन्ने हुँदैन ।” बिभागबाटै अहिले कडाई छ त्यस कारण हमीलेपनि माथहतमा कडा निर्देशन गरेका छौँ उनले भने “सादा पोषाकमा घुमुवा खटाउन पुर्ण रुपमा बन्द छन्, र कसैले खटाएको र मिलेमतो भएको छ भने, छानबिन गरेर कार्वाही गर्छौँ ।”