धनगढी : धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधीहरुले एक सय दिनमा गरेको ४२ बुदे कार्य प्रगति विवरण मेयर गोपाल हमालले सार्वजनिक गरेका छन् । कार्यभार समालेको १०० दिनको अवसरमा ४२ बुदे कार्य प्रगाति विवरण सार्वजनिक गरेको हो । उपमहानरपालिकामा आज मंगलवार पत्रकार सम्मेलन गर्दै कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।
यस्तो छ ४२ बुँदे प्रतिवेदन
१. नगरबासीहरुलाई विशेषज्ञ सेवाको सुनिश्चितताका लागि २०७९ श्रावण १ गते देखि विशेषज्ञ बड़ा स्वास्थ्य क्लिनीक संचालन गरेका छौं। जसका लागि २ जना बिशेषज्ञ चिकित्सक ९ जना फिजिसियन र १ जना स्त्री तथा प्रसुती रोग विशेषज्ञ सहितको टोलि परिचालन गरिएको छ। यस कार्यका लागि भाटभटेनी सुपर मार्केटले सहयोग गरेको छ । क्लिनीकमा प्रयोगशाला, इ।सि।जी र भिडियो एक्सरे सेवाहरु समाबेश गरिएका छन्। हाल सम्ममा कुल ६४७५ जनाले सेवा लिएका छन् क्लिनीकमा सेवा लिन आएका सेवाग्राहीहरुको रोगको प्रकृतिलाई मध्यनजर गर्दै विशेषज्ञ सेवालाई पनि क्लिनीकमा समावेश गर्दै लैजाने नीति अनुरूप आँखा, दाँत तथा मुख स्वास्थ्य सेवालाई पनि २०७९ भाद्र ८ गते देखि गेटा आँखा अस्पताल र श्रीनगर डेन्टल संग सम्झौता गरि सेवा थप गरिएको छ। साथै आगामी दिनमा निजि अस्पतालहरु संगको समन्वय र सहकार्यमा अन्य विशेषज्ञ सेवाहरू पनि थप हुदै लगिनेछन् । क्लिनिकमा जानपश्यात १७ जना मोतिबिन्दु भएका बिरामीहरुको नेपाल नेत्र ज्योती संग गेटा आखा अस्पतालमा २०७९ भाद्र १३ गते शल्यकिया सम्पन्न गरिएको छ । विशेषज्ञ वडा स्वास्थ्य क्लिनीकका लागि सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशबाट इसिजी मेसिन,र भिडियो एक्सरे मेसिन हस्तान्तरण गरिएको थियो भने बिभिन्न दाधी निकायबाट रु। १०, १५,०७७ दस लाख पन्द्र हजार सतहत्तर रुपैया बराबरको औषधी र नगर सहयोग प्राप्त भएको छ साथै नगर प्रमुखले चढ्ने गाडी विशेषज्ञ बड़ा क्लिनीक संचालन गर्ने कार्यमा प्रयोग गरिएको छ ।
2. फोहरमैला व्यवस्थापनका लागि धनगढी उप महानगरपालिकाले विशेषज्ञ यम प्रसाद भन्डारी स्रोतस् व्यवस्थापन प्रा.लि संग सम्झौता गरेको छ । बाली र सुर्खेतमा फोहरमैला व्यवस्थापन कार्य गरेको अनुभव प्रा.लि संग छ । फोहर व्यवस्थापनका लागि कन्टेनरको व्यवस्था उप महानगरपालिकाले गर्दैछ। फोहरमैला व्यवस्थापनका लागि विद्यालयमा जनचेतनामूलक कार्यक्रम संचालन गर्न के.पि खनाल संग सहमति भएको छ ।
३. धनगढी उपमहानगरपालिका भित्रका सार्वजनिक खोला नालामा विगतौ बर्ष देखि भैरहेको अतिक्रमण हटाउने कार्यको प्रारम्भ मिति २०७९/०३/१ गते देखि वडा नं ५ को सुकूटीनालाबाट प्रारम्भ गरिएको छ । अतिकमित ६,७ बटा संरचनाहरु हटाइएको छ । यो कार्यक्रम लाई अभियानकै रुपमा १९ वटै वडामा तदारुकताका साथ लागु गरिनेछ सार्वजनिक सूचनाहरु पनि पुनः जारी गरिएका छन् ।
४. सुशासन कायम राख्न र जनगुनासो सुन्नका लागी WhatsApp Number सुचारु गरिएको छ । हाल सम्म १५०० जति सन्देशहरूको सुनुवाइ गरिएको छ। WhatsApp Number 95 रहेको छ ।
धनगढी ट्राफिक चौराह देखि क्याम्पस रोड चौक सम्मका सडकमा रहेका खाल्डा खुल्डी पुर्ने कार्य पद बहालको पहिलो हप्तामै गरिएको छ।
६. धनगढीको उप महानगरपालिकाले नगर सभा र नगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने कार्यको थालनी गरिएको छ।
७. २०३० साल ताका निर्माण भई हालसम्म सफाई नहुदा धनगढी मेनरोड पार्कमीड अगाडीको नाली जाम हुन गई पार्कमोड देखी एलएन चोक सम्मको क्षेत्रमा सामान्य बर्षाले पनि जलमग्न हुने गरेकोमा उक्त नाली सफा गरि समस्या निराकरण गरिएको छ।
८. धनगढी मुल समस्याका रुपमा रहेको छाड़ा गौ बशिय पशुहरुको व्यवस्थापनको लागि क्षेत्रगत हिसाबले देवरीया र रामपुरमा गौशाला व्यवस्थापनका लागि राष्ट्रिय गौ सेवा तथा संरक्षण समिति र ISKON ल्नेपाल संग सम्झौता गरि कार्य प्रारम्भ गरिएको छ । देवरिया गौशालामा पशुस्वास्थ्य नियमित चेकजाच गर्न धनगढी उप महानगरपालिका पशु शाखाद्वारा प्राविधिक जनशक्तिलाई फोकल व्यक्ति तोकि नियमित पशु स्वास्थ्य चेकजाँच थालीएको छ ।
९. कैलालीपुल देखी क्याम्पसचोक सम्मको सडक विस्तारको लागि म्एच् गर्ने कार्यको सुरुवात भएको छ।
१०। धनगढी नगर विकास समितिको क्रियाकलापमा मितव्ययिता अपनाउन नगर बिकाश समितिको कार्यालय नगरपालिकाकै हाता भित्र स्थानान्तरण गरिएको छ। नगर विकास समितिको अध्यक्ष र सचिवका हैसियतले पाउने भत्ता खारेज गरिएको छ । चालु आ।व को लागि धनगढी नगर विकास समितिको बजेटबाट विकास कार्यक्रममा पहिलो पटक रु। 78,000,001 विनियोजन गरेका छौं।
११. पहुँचका आधारमा तोक आदेशबाट गरिने बिकाश कार्यहरु र नियुक्तिहरुलाई नियम संगत प्रक्रिया पुन्याएर कार्य गर्ने प्रणाली बिकाश गर्ने तर्फ हामी अग्रसर छौ।
१२.अव्यवस्थित किसिमले सडक क्षेत्रमा राखिएका ठेलाहरुलाई व्यवस्थित गर्न स्थान दिएको र सडक क्षेत्रबाट हटाइने गरी व्यवस्थापन सुरु गरिएको छ ।
१३. धनगढी उप(महानगरपालिका भित्र हुने निर्माण कार्यमा अनावश्यक ढिला सुस्ती भईरहेको बिगतको प्रणाली सुधार गर्ने क्रममा सम्बन्धीत निर्माण व्यवसायीले निर्माणको समय तथा कार्यतालिका धनगढी उप महानगरपालिकामा पेश गर्नुपर्ने र तालिका र मापदण्ड अनुसार समयमा निर्माण सम्पन्न नगर्ने कम्पनीलाई काली सूचिमा राख्ने सहमति पनि निर्माण व्यवसायीहरुसंग भएको छ ।
१४. धनगढी उप महानगरपालिकाको कल्याणकारी नगर अवधारणा अनुरुप कोरोना कालमा सेवा गर्दागर्दै कोरोनाका कारणले ज्यान गुमायका २ जना नगरका महिला स्वयमसेवीकाहरुलाई आर्थिक सहायत प्रदान गरिएको छ ।
१५ विद्युत, टेलिफोन, खानेपानी जस्ता सेवामूलक निकायहरु संग सम्बन्धित सेवाहरुमा भएका असुविधाहरु नागरिकहरुको सिकायतका आधारमा सम्बन्धित संस्था संग समन्वय गरी शिघ्र निराकरण गर्ने प्रणालीको विकास गरिएको छ ।
१६. वृक्षारोपण मात्र गर्दा प्रतिफल शुन्य हुने देखिएकाले वृक्षारोपणका साथै बोटबिरुवाको सुरक्षामा तर्फ योजना अगाडी बढाईएका छन् । विरुवा रोप्ने मात्र होइन, विरुवा जोगाउने तर्फ जोड दिएका छौं। साथै बोट विरुवा जोगाउन ट्रि गार्डका लागि टेन्डर आहवान भै सकेकी छ ।
कर्मचारीले पाउने अतिरिक्त arrested ever आधारमा दिइने प्रणालीको सुरुवात भएको छ।
१८.२००९महिनामा नगर प्रमुख उप९महानगरपालिकाबाट पाउने आर्थिक सुविधा रकम क्रमशः श्री कृष्ण गौशाला चटकपुर र दक्षिणकाली बीरा आवासीय आधारभूत विद्यालय, बेतालाई प्रदान गरिएको साथै उत्त विद्यालयका लागी याना पनि हस्तान्तरण गरिएको छ।
१९. नगर भित्रका विद्यालयहरुको नियमित रूपमा अनुगमन निरिक्षण गरिने प्रणालीको विकास गरेका छौं।
२०. जेष्ठ नागरिकहरुलाई निजि अस्पतालहरुमा पनि स्वास्थ्य सेवा पाउन सजिलो होस भन्ने हेतुले निजि अस्पतालका संचालकहरु संग सम्झौता गरि जेष्ठ नागरिकले ओ।पि।टि निःशुल्क शैया शुल्क र औषधीमा छुट पाउने व्यवस्थाको सुरुवात गरिएको।
२१. देवरीया गौशालामा नेपाल विद्युत प्रधिकरण, धनगढी वितरण केन्द्रको सहयोगमा विद्युत विस्तार गर्ने कार्य पनि भै सकेको छ।
२२. निर्माणाधिन चटकपुर शहिद गेट देखि क्याम्पसचोक सडकखण्डमा विवादित ठाँउमा समन्वय गरी बिवाद समाधान गरी निर्माण कार्य अगाडी बढाउन निर्माण कम्पनीलाई सहज वातावरण बनाईएको छ ।
२३.योजनाबद्ध व्यवस्थित विकासका लागि धनगढी उप(महानगरपालिकाले पहिलोपटक ५ वर्षे आवधिक योजना निर्माणको कार्य अगाडी बढेको छ। विज्ञहरु सम्मिलित एउटा कार्यशाला गोष्ठी सम्पन्न गरेका छौं ।
२४. नगरमा शान्ती सुरक्षा कायम गर्न, नगर व्यवस्थित गर्नका लागी नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा उप महानगरपालिकाले बिज्ञापन मार्फत नगर प्रहरी भर्ना गरि परिचालन गरिएको छ ।
२५. सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, माननीय मुख्यमन्त्रीज्यू लगायत संघीय सरकारका बिभिन्न मन्त्रालयका सचिव, महानिर्देशक, प्रमुख कार्यकारी अधिकृत लगायतका व्यक्तित्वहरु सँग भेटघाट गरी चनगढी उप महानगरपालिका लाइ विकसित र सुविधा सम्पन्न, प्रदूषण रहित बनाउन आवस्यक सल्लाह र सहयोगको आवहान गरिएको छ ।
२६ . नगर क्षेत्रभित्र सुर्तिजन्य पानपराग, गुट्खा, पलाष्टिक गिलास पलाष्टिक कप, पलाष्टिक प्लेट पलाष्टिक कोलाहरु विस्तापित गर्ने कार्यको थालनी गरिएको छ भने सार्वजनिक क्षेत्र, सड़क, नालीहरुमा फोहर फाल्ने र खोलानालामा ढल मिसाउने व्यक्ति वा संस्थालाई कारवाही गर्ने व्यवस्थाको सुरुवात गरेको छ।
२७. धनगढीलाई हराभरा बनाउन विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई बृक्षरोपणमा सहयोगको अपिल गरिएको र केहि संघ संस्थाहरुले सहयोग समेत हस्तान्तरण गरेका छन् ।
२८।धनगढी उप(महानगरपालिका मित्र मुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासी लाई लालपुर्जा वितरण गर्न सबै वडाहरुमा एकैपटक गर्न भनि अहिले वडा नं। १, ३, ४, ५, ६, ७, ८, ११, १२, १३ र १५ मा संचालन भईरहेको छ र यस कार्यलाई १९ वटै वडामा निरन्तरता दिइने छ ।
२९. धनगढी उप महानगरपालिका १६ बेहडाबाबा धार्मिक एवं पर्यटकिय क्षेत्रमा टेलिफोन नेटवर्क नहुदा विगतमा झेल्नुपरेको समस्यालाई मध्यनजर गरि नेपाल टेलिकम संग समन्वय गरी टेलिफोनबाट घन् सेवा उपलब्ध गराईएको छ।
३०.धनगढी उप महानगरपालिका वडा नं।१३ श्रीलंका टोलमा गुल्तु धोकी नाला अक्तिक्रम हटाउने कार्यको थालनी गरिएको छ।
३१. धनगढी उप९महानगरपालिका का १९ वटै वडामा बर्खामा हुने जल मराउ कम गर्नका लागि नाली सफाई गर्न सबै बडालाई १,३३,००० बजेट विनियोजन गरि कार्य गरिएको छ ।
३२. धनगढी उप महानगरपालिकाका प्रत्येक शाखाले १५ १५ दिनको प्रगति प्रतिवेदन तयार गर्नुपर्ने प्रणालीको बिकाश भएको छ । २ सुधारका लागि प्रतिस्पर्धा नगरि पहुचका आधारमा भर्ना गरिएका कर्मचारीहरुको समयाअवधि थप निर्णय गरिएको छ ।
३४. कार्यपालिका बैठकमा बोतल वाला पानी ९मिनिरल वाटर० को प्रयोग नगरी उप महानगरपालिका भित्रको धाराको पानी प्रयोग गर्ने कार्यको थालनी भएको छ ।
३५. धनगढी उप९महानगरपालिका द्वारा गरिने सबै क्रियाकलापको पारदर्शि र सार्वजनिक सूचनाबाट सबैलाई जानकारी दिई क्रियाकलाप गरिने प्रणालिको विकास भएको छ । यसका लागि नगगर प्रमुख गोपाल हमालद नामको फेसबुक पेज संचालनमा ल्याइएको छ ।
३६. धनगढी उप९महानगरपालिकामा आ. ब२०७९ र ८० मा संचालन हुने कार्यक्रमहरु मध्ये सार्वजनिक नियमावली २०६४ को दफा ८ छ मा विभिन्न निर्माण सेवा, परामर्श सेवा तथा खरिद सेवा सोझै खरिद गर्ने व्यवस्था रहेको छ । त्यसैले आफुखुसी बिना पारदर्शी रुपमा अगाडी बढाउन उक्त कार्य संचालन गर्नकालागी स्थानिय दैनिक पत्रिकामा सुचना प्रकाशित गरि खरिद प्रक्रिया अगाडी बढाइएको छ ।
३७.नेपाल सरकार द्वारा संचालित बजेट तर्जुमा प्रकियामा नागरिक सहभागिता कार्यक्रममा सहभागी भई धनगढी उप महानगरपालिकाले गरिरहेका गतिविधी बारे समेत जानकारी गराईयो ।
३८. योगी पिताम्बरज्यू लाई निमन्त्रणा गरि धनगढी उप९महानगरपालिकामा रहेको गौ संरक्षण र यसको महत्वका बिषयमा सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम संचालन गरियो ।
३९.धनगढी उप महानगरपालिकामा नवनिर्मित मिति २०७९ असार ४ गते प्रशासकिय भवन सम्माननिय प्रधानमन्त्री श्री शेर बहादुर देउवा ज्यू को करकमलबाट समुद्घाटन मै उक्त भवनबाट सेवा सुचारु भएको छ ।
४०. उपभोक्ता हित संरक्षण मन्चको गठन गरि कार्ययोजना बनाइ बजार अनुगमन टोली परिचालन गरिएको छ।
४१. यस उप महानगरपालिकाको लेखा समिति गठन गरि उप समिति मार्फत बेरुजु फछ्र्योट गर्ने कार्यलाई प्रभावकारी तुल्याइएको छ ।
४२. कर्मचारीहरुको कार्यालयमा हुने उपस्थिति तथा शुसाशनका निम्ती कार्यालयमा ई हाजिरी जडान गरिइएको छ