धनगढी। कैलाली क्षेत्र नम्बर ५ ‘ख कांग्रेसबाट समानुपातिक र प्रत्यक्षमा ४२ जना आकांक्षी रहेका छन् । आगामी संसदीय निर्वाचनमा कैलाली ५ को ‘ख’ प्रदेश सभामा नेपाली कांग्रेसका करिब ४२ जना नेता कार्यकर्ताहरूले दाबी पेस गरेका हुन्। नेपाली कांग्रेसको प्रदेश समितिले प्रदेश सभा संसद्का लागि समानुपातिक र प्रत्यक्ष गरी ४२ जनाको नाम सिफारिस गरेको हो ।
आगामी संसदीय निर्वाचनका लागि कैलाली ५ को ‘ख’ प्रदेश सभाका लागि एक महिलासहित ११ जनाले प्रत्यक्षमा उमेदवारीका लागि आवेदन दिएका छन्। समानुपातिकका लागि १० जना महिला र २१ पुरुष गरी ३१ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । सोमबार बसेको प्रदेश ‘ख’ कार्यसमितिको छलफलमा ४२ जनाले आकांक्षीले फारम भरेको प्रदेश ‘ख’ कार्यसमिति सभापति केशव जोशीले जानकारी दिएका छन् । यसरी दाबी पेस गर्नेमा हाल प्रदेश सभा सदस्य रहेकाहरूदेखि पाटीका प्रदेश समिति पदाधिकारी सम्मका नेताहरू छन्। अघिल्लो पटक बाम गठबन्धन हुँदा पनि यहाँ नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त विजयी भएका थिए ।
यस पटक पनि उनले आफ्नो दाबी पेस गरेका छन् । यसरी दाबी पेस गर्नेमा कांग्रेस प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनु । उनले समानुपातिक र प्रत्यक्ष दुबैमा दाबी गरेका छन् । धनगढी उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख सुशीला मिश्र भट्टले समानुपातिकमा दाबी गरेकी छन् । भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यक्ष , वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष हिरासिंह पातली र कांग्रेस कैलालीका सचिव नृप सुनारले पनि समानुपातिकमा दाबी गरेका छन् । नेपाल विद्यार्थी संघका पूर्वकार्यवाहक केन्द्रीय सभापति समेत रहेका हालका महासमिति सदस्य क्षितिज भण्डारीले प्रत्यक्षमा दाबी गरेका छन् ।