धनगढी । नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित भएर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले आफू पुनः एमालेमै फर्किने घोषणा गरेका छन्।
सुदूरपश्चिम प्रदेश सभामा विशेष समय माग गर्दै उनले सत्ता गठबन्धनले जनताको भावनाअनुसार काम गर्न नसकेको भन्दै आफूले पुन एमाले रोज्न थालेको बताए। उनले आगामी दिनहरूमा संसदमा पनि जुन पार्टीको जुन चिन्हबाट निर्वाचित भएको त्यही हिसाबले प्रस्तुत हुने जानकारी दिए।
‘अहिलेको गठबन्धनले जनताको पक्षमा काम गर्न सकेन’ मलाई प्रदेश सभाको अहिलेको रेकर्डमा जे भए पनि म सुरुमा निर्वाचित पार्टीको चिन्हकै हिसाबले प्रस्तुत हुनेछु’ उनले सभामुखलाई जानकारी गराए। तामाङसहितलाई एमाले प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली १५ गते महेन्द्रनगर आउँदै छन्।