धनगढी। धनगढीका युवा व्यवसायी मिलन कुंवरले असायलाई खाद्यान्न सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका छन् । बाहिर अनावश्यक फर्जुल खर्च गर्नुभन्दा पनि असाय गरिब दुखीलाई सानो भएपनि सहयोग गर्नुपर्छ भन्ने सोचले उनले असाहयलाई खाद्यान्न सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका हुन्।
उनले कैलालीको धनगढीमा अवस्थित दृश्टि फाउन्डेसन र बौनियामा रहेको साहारा घरका असायलाई खाद्यान्न वितरण गर्दै जन्मदिन मनाएको बताए ।दृष्टि फाउन्डेसनमाअ उनले ८ कट्टा चामल, दाल ३० किलो,५ पोका नुन, १ बोरा आलु, ५ लि. तेल , चाउचाउ २ पेटि ,चिनी ५ किलो सहयोग गरेका हुन् ।साथै साहारा घर मा १० कट्ठा चामल , २ कट्टा दाल, १ कट्ठा नुन, १ बोरा आलु, १ पेटि तेल ३ पेटि चाउचाउ साथै बिहान को भोजन गराउनु भाको हो । यस्तै उनले आज नै धनगढी बजारको लागि कैलाली उधोग बाणिज्य संग लाई १२५ लिटर को ३० ओटा डसबिन पनि हस्तान्तरण गरेका छन ।