धनगढी : २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई हराउन भुमिका खेलेको आरोपमा नेपाली काग्रेंसले नेता पुस्करनाथ ओझालाई कार्वाही गरेको थियो । प्रधानमन्त्री शेर बहादूर देउवा बाहेक कैलाली क्षेत्र नम्बर ५ मा अरुलाई नस्वूकार्ने ओझा यस पटक के गर्लान भन्ने चासोको बिषय छ ।
प््रधानमन्त्री पत्नी आरजुकै क्षेत्र भएका कारणपनि कैलाली क्षेत्र नम्बर ५ निकै चासोका साथ हेरिन्छ । यस पटक ओझा स्वतन्त्रबाट प्रतिनिधीसभा निर्वाचन लड्ने चर्चा चलेको छ । उनका समर्थकहरुपनि टिकट पाए काग्रेंसबाटै नभए स्वतन्त्र रुपमापनि ओझा उमेदवार बन्ने बताउँछन् ।
२०७० सालमा भएको उपनिर्वाचनमा बिजयी ओझा २०७४ सालमापनि टिकटका लागी निकै दौडधुपमा थिए । तर देउवा पत्नी आरजुका अगाडी उनको केही नचलेपछि उनले टिकट पाएनन् । र कैलाली ५ का लागी आरजुलेनै टिकट पाइन् । र बाम गठबन्धनका उमेद्वार एमाले नेता नारदमुनी रानासंग आरजु परानित भइन् । सो निर्वाचनमा ओझा मौन देखिए त्यसै कारण उनलाई आरजु हराउन भुमिका खेलेको आरोप लागेको थियो ।
रानासँग आरजु राणा चार हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन् । एमालेका रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन् । यस पटक ठिक बिपरित माओवादी, काग्रेंस तथा समाजवादीको गठबन्धनबाट आरजु चुनाव लड्ने निश्चितनै छ । फेरी आरजुलेनै टिकट पाए ओझा यस क्षेत्रबाट स्वतन्त्र निर्वाचन लड्ने मनस्थीतीमा छन् ।
उनको पहिलो प्राथमिकता काँग्रेसले आफूमाथिको कारबाही फुकुवा गरी टिकट देओस् भन्ने छ । तर टिकट नदिए उनि स्वतन्त्र निर्वाचन लड्ने छन् । ‘पुष्कर ओझा बहुदलीय व्यवस्थाका लागि लडेका व्यक्ति हुन् । उनको प्राथमिकता राजनैतिक दल त्यसमा पनि नेपाली काँग्रेसबाट नै चुनाव लडौँ भन्ने छ,’ ओझा निकट नेता तथा पूर्व जिल्ला सचिव पूर्ण कुँवरले भने, ‘यदि काँग्रेसले टिकट नदिएमा स्वतन्त्र रूपमा चुनाव लड्नुहुन्छ ।’
कारबाही फुकुवा, टिकट र स्वतन्त्र उम्मेदवारीबारे छलफलका लागि यति बेला ओझा पनि काठमाडौँमै रहेका छन् । ओझाले तत्काल यस विषयमा कुनै प्रतिक्रिया दिन मानेनन् । पुस्करनाथ ओझाले स्वतन्त्र चुनाव लडे आरजुलाई चुनाव जित्न असहज हुने त होइन भनेर काग्रेंसभित्रै बहसपनि हुने गरेको छ । स्थानिय तहमा स्वतन्त्र उमेदवारलाई जिताउन सहयोग गरेकाहरु सबैसंग ओझा छलफलमा छन् । उनले स्वतन्त्र चाहानेहरुसंग आफुलाई सहयोग गर्न अपिलपनि गरेका छन् । स्थानिय तहमा स्वतन्त्रलाई सहयोग गरेका सबैको सहयोग रहनेपनि ओझाको बिश्वास छ ।
एदी ओझाले चुनाव जित्नेगरी तयारी गर्न नसके उनि कसैलाई हराउन भने भुमिका खेल्ने छन् । उनको पहिलो प्रार्थमिकता हो आफु जित्ने तर नभए उनले आर्जुलाई हराउन भए पनि स्वतन्त्र रूपमा चुनाव लड्ने तयारीमा रहेको उनी निकटस्थहरुले पुष्टि गरेका छन् । तर आरजुलाई मात्रै नभएर ओझाको उमेदवारीले नारदमुनी रानालाइपनि समस्या हुन सक्छ । २०७४ सालको निर्वाचनमा आफु मौन बसेर नारदमुनी रानालाई सहयोग गरेको आरोप लागेका ओझा आफै चुनाव लड्दा तिम त आफुतिर तान्ने छन् । यस कारण उनको उमेदवारीले आरजुलाइमात्रै नभएर नारदमुनी रानालाइपनि समस्या हुन सक्छ ।