नेपाल समाजवादी पार्टी कैलालीको अध्यक्षमा बिरेन्द्र साउँद चयन भएका छन् । आज कैलालीको लम्कीमा आयोजित पार्टी जिल्ला भेलाले साउँदको नेतृत्वमा ५१ सदस्यीय जिल्ला समन्वय समिति पुनर्गठन गरेको हो । पार्टीका जेष्ठ सदस्य धन बहादुर टमटा को सभापतित्वमा भएको भेलामा पार्टीराजनीतिक समिति सदस्य तथा प्रदेश अध्यक्ष मिनराज बडु रहेका थिए । पार्टीका केन्द्रिय सदस्य राजेन्द्र प्रसाद देवकोटा, केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष हरि प्रसाद तिमिल्सिना, केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष बिनोद चन्द, केन्द्रिय सदस्य तथा प्रदेश कोषाध्यक्ष सुरेन्द्र यादव र प्रदेश सचीव गगन बिक लगायतका अतिथिहरुको उपस्थितमिा जिल्ला समन्वय समिति चयन भएको हो ।
उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि बडुले नेसपा समावेशी ,संघीयता ,सुशासन , समृद्धि र समाजवाद यात्रामा रहेको हुँदा कुनै जातीय क्षेत्रीय पार्टीको भ्रममा नपर्न भेलामा उपस्थिति सम्पुर्ण नेताकार्यकर्तालाइ आग्रह गरे।
रेशम चौधरी ले नेतृत्व गरेको पार्टी नागरिक उन्मुक्ति पार्टीले थारू समुदायको हकहितको लागि भन्दा पनि आफ्नो श्रीमती अध्यक्ष बनाएर निजि पारिवारिक व्यवस्थापन गर्नको लागि सोझासाझा थारु दाजुभाइ दिदिबहिनीलाई भ्रम पारेको उल्लेख गर्दै थारु जाती उत्पीडित वर्गमा परेर पनि सर्वसाधारण थारु जनताको शोषण थारु टाठाबाठाबाटै भएकोले नेपाल सामजवादि पार्टी र त्यसको नेतृत्व डा. बाबुराम भट्टराई बाट मात्र उत्पीडित जाति वर्ग लिङ्ग र क्षेत्रको मुद्दा बोक्ने भएकोले सबैलाई नेसपा मा आबद्ध भइ हातेमालो गर्न समेत उनले आग्रह गरे ।
भेलाले उपाध्यक्षमा हरिराम चौधरी ,उपाध्यक्षमा लोग बहादुर बिक, सचीवमा तपराज बडु र कोषाध्यक्ष मा सुनिता चौधरी पदाधिकारी रहेको ५१ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको हो ।
सो समितिलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश अध्यक्ष बडु प्रस्ताव गर्दा सम्पुर्ण नेताकार्यकर्ता सर्वसम्मत रूपमा समर्थन गरेका थिए । भने नवनिर्वाचित अध्यक्ष साउदले नेसपा नेपाललाई आउदो चुनाव सम्म कैलालीमा शक्तिशाली पार्टीको रूपमा अगाडि बढाउने हरेक पालिकामा सुशासनको पक्षमा भ्रष्टाचारको भण्डाफोर गर्न आफ्नो संगठन परिचालन गर्ने बताए ।