धनगढी। यस बर्षका चाडपर्वहरु नजिकीएसँगै खानपानमा सजग बन्न आम उपभोक्ताहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले अनुरोध गरेको छ। कार्यालयले एक सुचना सन्देश जारी गर्दै थारु समुदायको अटवारी पर्ब, हरितालिका तीजका साथै दशै, तिहार, छठ लगायतका पर्वहरु नजिकै नजिकीएसँगै खानपानमा बिशेष सजग बन्न आम उपभोक्ताहरुमा अपील गरेको हो। साथै कुनैपनी खाद्य पदार्थ उपभोग गर्नु अघि लेबल हेरी उपभोग्य अवधी एकिन गरेर मात्र खरीद गर्ने र स्वच्छता र गुणस्तर कायम गर्न भनेको छ। कार्यालय प्रमुख नवराज दाहालले एक सन्देश जारी गर्दै यस्तो अपील जारी गरेका हुन् । उनले भनेका छन्,
यस बर्ष २०७९ का चाडबाडहरु बिस्तारै शुरु हुदैछनर आज सुदुरपश्चिममा थारु समुदायले मनाउने अटवारी पर्ब, भोलि नेपालीहरुको तीजको दरखाने दिन, पर्सी हरितालिका तीजका साथै महान चाड दशै, तिहार, छठ लगायतका पर्वहरु नजिकै आउन लागेका छनर चाडवाडको बेला राम्रो लगाउने, मीठो खाने, घुमघाम गर्ने प्रचलन हो हाम्रोर मिठो खाने, बिभिन्न प्रकारका खानेकुरा खरीद गर्ने र खाने दौरानमा मिसावटयुक्त, न्युनस्तर र दुषित खानेकुराबाट हामी ठगिन, फूड पोइजन भै बिरामी हुन र मृत्यु समेत हुन सक्ने तथ्य हामी सामु रहेको छ र अत: चाडबाडमा रमाईलो गर्ने चक्करमा दुर्घटना नहोस भनेर हामी सबै सजग र सचेत हुनु पर्दछ ।
यसै क्रममा तपसिल बमोजिम गर्नुहुन आम उपभोक्ताहरुमा खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ी हार्दिक अपील गर्दछ।१. माछामासुजन्य पदार्थको हकमा ताजा माछामासु खरीद गर्दा जनावर तथा पशुपन्छीहरु बध गर्ने स्थल र मासु बिक्री गर्ने स्थलमा स्वच्छता कायम गरिएको, रोगी तथा मरेका पशुपन्छी तथा अन्य जनावरको मासु मिसावट नगरिएको ताजा र स्वच्छ मासु एकिन गरेर मात्र खरीद गर्ने गरौ/ प्रशोधित मासु जस्तै सुकुटी, ससेज, मासुको अचारजस्ता परिकार खरीद गर्दा लेबल हेरी उपभोग्य अवधी एकिन गरेर मात्र खरीद गर्ने गरौ/ स्वच्छता र गुणस्तरमा शंका लागेमा सम्बन्धित नियमन निकायमा उजुरी गर्ने गरौ/ ताजा माछामासुको स्वच्छता र गुणस्तर पशुबधशाला र मासु जाच ऐन अनुसार पशु सेवा कार्यालयका पशुपन्छी बिज्ञ (भेटेरिनरी डाक्टर) हरुले र प्रशोधित मासुको परिकारको स्वच्छता र गुणस्तर खाध ऐन अनुसार खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यालयहरुका खाध बिज्ञहरुले नियमन गर्ने कानुनी ब्यबस्था रहेको छ/