धनगढी। धनगढीमा शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनाले आयल निगममा हुनसक्ने आगलागी नियन्त्रण सम्बन्धि जोखीम प्रतिकार्य तालिम तथा अभ्यास गराइएको छ। प्रट्रोल पम्म तथा प्रट्रोलियम पदार्थमा भएको आगलागी कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उदेश्यले नेपाल आयल निगम प्रदेश कार्यालय धनगढीमा आगलागी नियन्त्रण सम्बन्धि प्रतिकार्य तालिम तथा अभ्यास गराएको हो ।
सुपर परियोजना अन्तरगत धनगढी उपमहानगरपालिका, नेपाल रेडक्रस सोसाइटी र आयल निगम प्रदेश कार्यालय धनगढीको आयोजना तथा युरोपीयन युनियनको आर्थिक सहयोग र यूएनडीपीरयुनीसेफ, यु एन ओमन, एनआरसिको सहकार्यमा धनगढीमा शहरी विपद् तथा भूकम्पीय पूर्वतयारीबारे प्रतिकार्य तालिम तथा अभ्यास सञ्चालित छ। सोही अनुसार आज प्रट्रोल पम्म तथा डिलरहरुमा कार्यरतहरुलाई प्रट्रोल पम्म तथा प्रट्रोलियम पदार्थमा हुनसक्ने आगलागी न्युनिकरण सम्बन्धि प्रतिकार्य तालिम तथा अभ्यास गराइएको परियोजनाका सुदुरपश्चिम प्रादेशिक प्राबिधीक अधिकृत प्रगती भट्टराईले जानकारी दिइन्। उनले प्रज्वलनशिल पदार्थ पेट्रोल पम्म तथा डिलरहरुमा आगालागी भएकामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जानकारी, तालिम तथा अभ्यास गराइएको बताइन्। अति प्रज्वलनशिल पदार्थ प्रट्रोल पम्म तथा डिलरहरु भएकाले त्यसमा कार्यरत कर्मचारीहरुले बिशेष सजगता अपनाउन जरुरी रहेको उनको भनाई छ। बिशेष गरी हरेक समयमा प्रट्रोल पम्म तथा डिलरहरुमा आगलागी हुनसक्ने भएकाले सबैले सुरक्षाका लागी तालिम तथा अभ्यास लिइराख्नुपर्ने उनको सुझाब छ। साथै कार्यक्रमबाट सिकेको सिप र ज्ञान तथा अभ्यासलाई अबलम्बन गर्न उनको जोड छ ।तालिममा सहभागिहरुले प्रट्रोल पम्म तथा डिलरबाट आगलागी भएमा १ किलोमिटर वा डेढ किलोमिटर क्षेत्रफलमा पुरै जनघनको नष्ट हुने जानकारी पाएका थिए। यस्तै बिभिन्न किसीमबाट प्रट्रोलीयम पदार्थमा आगलागी भएमा निभाउने तरिकाबारे जानकारी दिइएको थियो ।
लोड ट्याँक तथा ट्रकलाई आपतकालीन अवस्थामा बाहिर मुल सडकमासजिलै निकाल्ने र अन्यत्र खाली समतल ठाउँमा राख्ने, ट्याँक तथा ट्रकको हयान्ड बे्रक लगाउने रपछाडीको एक एक वटा पांग्रामा काठको ओट लगाउनुपर्ने,ट्याँक तथा ट्रक खडा गरेपछि ,ट्याँकरको क्याविनमा भएको ब्याट््रीको मेन स्वीच वा ब्याट््री आउट, अफ स्वीच अनिवार्य बन्द गर्नुपर्ने, ट्याँक तथा ट्रकको इन्जिीनबाट निस्केको धुँवा जाने साइलेनसर पाइप चेकजाँच गरी दुरुस्त रहेको यकिन गर्नुपर्ने, ट्याँक तथा ट्रक खडा गर्नुपुर्व २० मिनेटसम्म नचलाई सुरक्षित तरिकाले राख्नुपर्ने ।बिद्युतिय बोन्डीङ तथा अर्थिङ गरेको हुनुपर्ने, ट्याँक तथा ट्रक खाली नहुँदासम्म बाहिरको ब्यक्तीलाई प्रवेशमा रोक गर्नुपर्ने लगायत जानकारी प्रदान गरिएको थियो।
आगो निभाउँदा पहिलो चिस्याउने, इन्धन घटाउने,हावा घटाउने र हटाउने गर्नुपर्नेछ । तालिम तथा अभ्यासमा सहभागि सञ्जय पन्तले सानो गल्तीले ठुलो क्षती पुर्याउने भएकाले यसबारेमा धेरै ज्ञान पाइएको बताए । उनले हामीसंग आगो निभाउने संयन्त्र रहेपनी त्यसलाई कसरी प्रयोगमा ल्याउने र कसरी चलाउने भन्ने बारेमा ज्ञान नभएको बताए । त्यो ज्ञान आज मिलेको उनको भनाई छ । उनले यो तालिमबाट आगलागी तथा बिभिन्न विपद जोखीमको बेला जतिसुकै अवस्थामा तयारी भएर बस्नुपर्ने जानकारी पाइएको बताए। यस्तै सहभागि खगेन्द्र प्रसाद अधिकारीले प्रादेशिक कार्यालयबाट लोड र खाली भएका ट्याङकरहरुलाई कसरी सुरक्षित तरीकाले खाली गर्ने बारेमा जानकारी लिइएको बताए । यस्का साथै ट्याङक तथा ट्र्रक खाली गराउन सम्पुर्ण मापदण्ड अपनाउनुपर्ने बारेमा जानकारी पाएको बताए । र आपतकालीन अवस्थामा आवश्यक सुरक्षाका सामाग्रीको बन्दोवस्त देखी दमकल लगायत सुरक्षाको तालिम तथा अभ्यास निकै उपयोगी भएको बताए । तालिममा प्रट्रोल पम्म तथा डिलर ब्यवसायी तथा लगायत आयोजक तथा सहआयोजकहरुको उपस्थीती रहेको थियो।