धनगढी : जागौं युवा संस्था धनगढीको नयाँ कार्यसमिति चयन गरिएको छ। धनगढीमा आज सम्पन्न भएको संस्थाको तेस्रो साधारणसभाबाट नयाँ कार्यसमितिको चयन गरिएको हो।
साधारणसभाले अध्यक्षमा नवराज जोशीलाई चयन गरेको छ। यस्तै उपाध्यक्षमा सुरज खड्का र महेश वडूलाई चयन भएका छन्। यस्तै सचिवमा गिरिजा प्रसाद पनेरु, सहसचिवमा गौरी सिंहलाई चयन गरिएको संस्थाका सचिव गिरिजा प्रसाद पनेरुले बताए।
अन्य सदस्य तथा पदाधिकारीलाई कार्यसमितिले मनोनित गर्ने उनले बताए। संस्थाले विगत ६ वर्षदेखि समाज परिवर्तन गर्न लागि रहेको र आगामी दिनमा पनि उक्त कार्य जारी रहने नयाँ कार्यसमितिको भनाई छ।