नेपाली कांग्रेसका नेता सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका ले काग्रेसको सिद्धान्त र परिबर्तनको एजेण्डालाई आत्मसाथ गरेर आगामी निर्वाचनमा काग्रेसलाई जिताउन सबै एकताबद्ध भएर जुट्न आग्रह गरेका छन् ।
टिकापुरमा पहिलो चरणअन्तर्गतको ‘जनताको साथमा कांग्रेस’ अभियानको उद्घाटन समारोहलाई संबोधन गर्नुहुदै नेता रैका ले उक्त कुरामा जोड दिएका हुन् । । काग्रेसको बिजयबाट मात्रै लोकतन्त्रको रक्षा र समृद्ध नेपाल बन्ने दाबी गर्दे नेता रैका ले काग्रेसले सबै बर्ग, जात जाती उत्पिडीत समुदायको अधिकार सुनिश्चितताका लागि खेलेको भूमिका ऐतिहासिक रहेको बताए ।
अभियानको एक विशेष समारोहका बिच नेपाली कांग्रेसका केन्द्रीय सदस्य ,कार्यक्रमका प्रमुख अतिथि एनपी साउदले उद्घाटन गरेका थिए । कार्यक्रममा नेता साउँदले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न आग्रह गर्दै ‘जनताको घरघरमा जानुहोस्। जनताको भावना सुन्नुहोस्, ‘सो भावनाअनुरुप रुपान्तरणका बारे छलफल गर्नुहोस् र पार्टीले लिएका नीति, पार्टीको नेतृत्वमा भएको परिवर्तन, उपलब्धि, विकासका एजेण्डा जनतामाझ सुनाउनु पर्ने बताए ।
उनले संविधानको रक्षा गर्न, देशलाई विकासको बाटोमा डोहोर्याउने लगायतका कार्यभारका कारण निर्वाचनमा अन्य दलसँगग गठबन्धन गर्नुपर्ने अवस्था आएको बताए।