धनगढी। कुशे औँसीको अवसरमा धनगढीमा शनिबार सुदूर नेपाल संस्कृती सेवा समाजले पिताहरुलाई सम्मान गरेको छ। समाजले उपमहानगरभित्रका ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई बुबाको मुख हेर्ने दिनको अवसरमा पिता सम्मान कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो।कार्यक्रममा धनगढी-३ का वडा अध्यक्ष तथा प्रमुख अतिथी राजबहादुर ऐर रहेका थिए।
उनले भने, आज पितृ तिर्थऔंसि (पिताजी को मुख हेर्ने) दिन, हाम्रो धर्म संस्कृती परम्परा अनुसार आफुलाइ जन्मदिने पुज्य पिताजी लाई श्रद्दाभक्ती पुर्वक पुजाअर्चना गरि आशीर्वाद लिने चलन रहिआएको छ। बुबाको मुख हेर्ने दिन मात्र नभएर हरेक दिन जेष्ठ नागरिकहरुको सम्मान गर्नुपर्ने बताए। जेष्ठ नागरिकहरुको रेखदेख, हेरचाह देखी बोली ब्यवहार पनी सम्मानजनक हुनुपर्ने बताए ।पछिल्लो समयमा बिभिन्न बिकृती बिसंगती भित्रीरहेकोले हामीले राम्रो संस्कार, संस्कृतीलाई अगाली नैतिकवान बन्नुपर्नेमा उनले जोड दिएका छन् । तबमात्रै जेष्ठ नागरिकप्रतिको सच्चा सम्मान हुने उनको भनाई छ। साथै समाजले कार्यक्रमको आयोजना गरि वुवाहरुलाई सम्मान गर्ने अवसर दिनुभएकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरेका छन्। यस्तै सुदूर नेपाल संस्कृति सेवा समाजका अध्यक्ष हेमु अधिकारीको सभापतित्व रहेको थियो। अधिकारीले माता पितालाई सधैँ माया र सद्भाव गर्नुपर्ने बताउँदै वृद्ध आश्रम नपठाई घरमै राख्नुपर्ने बताए। पिता सम्मान कार्यक्रममा वडाका जेष्ठ नागरिक पिताहरुलाई ढाँका, खादा र फलफूल दिएर सम्मान गरिएको हो।भिडियो स्रोत : राजबहादुर ऐर
https://www.facebook.com/100080628403084/videos/pcb.154271727270440/455116593202687