कैलाली। मोहना अत्तरिया छ लेन सडकखण्डमा बृक्षारोपण गरिएको छ । प्लानेट ग्रीन नेपाल नामक संस्थाले शनिबार १ सय ५० ओटा बिरुवा रोपेको हो। मोहना अत्तरिया छ लेन सडक अन्तरगत गेटा क्षेत्रमा १५० बिरुवा रोपेको उक्त सस्थाले जनाएको छ।
संस्थाका सचिव हेमराज अवस्थीले जस अनुसार एक्जोरा, रबर प्लान्ट, समी, बेकम बेली, चम्पा,असारे, रातकी रानी, कपास लगायतका बिरुवा रोपेको जानकारी दिए । छलेन सडक स्वच्छ वाताबरण, सफा सुन्दर बनाउनका लागी यो पहल चालिएको जानकारी दिए । छ लेन सडकको डिभाइडर क्षेत्रमा संरक्षण सहितको वृक्षारोपण गरिएको उनको भनाई छ । यसअघि अत्तरियादेखि गेटा मेडिकल कलेज क्षेत्रसम्म करिब ६०० बिरुवा रोपीसकेको संस्थाले जनाएको छ ।