आज धनगढीमा वृहत् रक्तदान महोत्सव कार्यक्रमको आयोजन हुँदै छ । बैतडी समाज कैलालीको आयोजनामा वृहत् रक्तदान महोत्सव कार्यक्रम हुन लागेको र रक्तदान महोत्सवको तयारी पुरा भएको कार्यक्रम संयोजक राज बहादुर चन्दले जानकारी दिए ।रक्त दान जीवनदान भन्ने मूल नाराका साथ आठौँ वृहत् रक्तदान महोत्सव बैतडी समाजको सचिवालय, पद्मा नर्सिङ कलेजको प्राङ्गणमा बिहान ९ बजे देखि सुरु हुने जनाएको छ ।
उक्त कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविर,निःशुल्क आँखा शिविर, निःशुल्क दन्त शिविर समेत सञ्चालन गरिने छ । त्यस्तै यस कार्यक्रममा धनगढी नेत्रालयले निःशुल्क आँखा चेक जाँच तथा निःशुल्क औषधि र नजिकको नजर चस्मा वितरण को साथै मोतीबिन्दु, र अन्य शल्यक्रिया गर्नु पर्ने आँखाका बिमारीको धनगढी नेत्रालयमा प्रविधि बाट निःशुल्क शल्यक्रिया गरी उपचार गरिनेछ ।
त्यस्तै समृद्धि डेन्टलद्दारा निःशुल्क दन्त परीक्षण र आवश्यक परामर्श दिइने छ भने उपचारमा १५ प्रतिशत छुट दिइने जनाएको छ । यस्तै यस कार्यक्रममा सारथी अस्पताल प्रा लिद्दारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ । जसमा सुगर, प्रेसर र दमको जाँच गरी यी बिरामीलाई एक महिनाको औषधी निःशुल्क दिइने जनाएको छ ।