कैलाली प्रहरीले पक्राउ गरेर ल्याउँदै गर्दा हतकडी सहित फरार भएका युवक पक्राउ परेका छन् । शुक्रबार कैलालीको जोशिपुर गाउँपालिका ४ बाणी बस्ने २८ बर्षिय शंकर चौधरी हतकडी सहित फरार भएका थिए । उनलाई शुक्रबारनै प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै बुवामाथी कुटपिटको उजुरी परेपछि इलाका प्रहरी कार्यालय जोशीपुरको टोलीले उनलाई घरबाटै समातेर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर उनी भागेका थिए। उनलाई खोज्दै गर्दा जोशीपुर ४ हसनापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
चौधरीको घरबाट ४७ किलो गाँजा बरामद गरिएको छ। प्रहरीका अनुसार शंकर लागुऔषध सेवन गर्ने जानकारी पाएपछि प्रहरीले उनको घरमा खोजी गर्दा ४७ किलो गाँजा भेटिएको छ।