धनगढी : डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशले संगठन निर्माण तथा जिल्ला संगठन पुनर्गठनमा तिब्रता दिएको छ । पार्टीले भदौ ३१ गते प्रदेश भेला गरि प्रदेश अध्यक्षमा केन्द्रिय राजनीतिक समिति सदस्य मिन राज बडु लाई मनोनयन गरेको थियोे । त्यसपछि पार्टीले सुदुरपश्चिम प्रदेशका जिल्ला भेला ,प्रशिक्षण प्रदेश कार्यालय स्थापना लगायत पार्टीको बैचारिक र सांगठनिक गतिविधिमा जोड दिएको छ ।
आज मात्रै नेपाल समाजवादी पार्टी बाजुरा जिल्लाको भेला सम्पन्न भएको छ । पार्टीको बाजुरा अध्यक्षमा टेकबहादुर बडुवाल चयन भएका छन् । उनको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समन्वय समिति निर्माण गरिएको प्रदेश अध्यक्ष मिनराज बडुले जानकारी दिए । यस्तै अछाममा ३१ सदस्यीय जिल्ला समन्वय समिति र कंचनपुरमा बलराम राना थारुको नेतृत्वमा ५१ सदस्यीय जिल्ला समिति घोषणा गरेको छ । यसैगरी भोलि बैतडी र बझाङ जिल्ला समन्वय समिति गठन गर्ने र भदौ १२ गते कैलाली भेला तथा प्रशिक्षण कार्यक्रम गरि सोही कार्यक्रम बाट जिल्ला समन्वय समिति पुर्नगठन गर्ने प्रदेश अध्यक्ष बडुले जानकारी दिए ।
समावेशी ,संघीयता सुशासन समृद्धि र समाजवादको शिद्धान्तमा अगाडि बढेको नेपाल समाजवादी पार्टीले भदौ मसान्तसम्म प्रदेशका ५० वटा स्थानीय तहमा संगठन निर्माण गर्ने लक्ष्य लिएको छ । भ्रष्टाचारबाट वाकदिक्क भएका यूवाहरुको आकर्षणको केन्द्रविन्दु नेपाल समाजवादी पार्टी रहेकोले प्रत्येक जिल्लामा पार्टी प्रवेश गर्नेको लहर रहेको पार्टी अध्यक्ष मिनराज बडुले बताए । पार्टी भदौ महिनाको २० गते धनगढीमा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा प्रदेशका अगुवा नेताकार्यकर्तालाई प्रशिक्षण गर्ने कार्यक्रम पनि रहेछ ।

