कञ्चनपुर। कञ्चनपुरको पुर्नवासमा कारले मोटरसाईकललाई ठक्कर दिदा २ जना घाईते भएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ स्थीत हुलाकी सडकखण्डमा कारले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक र त्यसमा सवार एक जना घाईते भएका छन्।शुक्रबार दिउसो बेलौरीबाट धनगढीतर्फ आइरहेको सुपप्र ३-०१-०२२ च ९४९२ को कार र धनगढीबाट बेलौरीतर्फ गइरहेको गरेको सुपप्र ०२-००३ प-५०८२ को मोटरसाइकल आपसमा ठोक्किएका थिए।
बलदेवसिंह बुडालले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको थियो। प्रहरीका अनुसार घाइते हुनेमा मोटरसाइकल चालक अर्जुन चौधरी र पछाडि सवार २३ वर्षीय जीवन चौधरी रहेका छन्।उनीहरुको शरिर, टाउको र खुट्टामा चोट लागेको छ। दुर्घटनामा घाइते उनीहरुको धनगढीस्थित सेती अस्पतालमा उपचार भैरहेको छ। उनीहरुको अवस्था मध्यम रहेको छ। भने कार र मोटरसाईकल प्रहरी नियन्त्रणमा छन् ।