धनगढी। धनगढीमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले धनगढीमा भेला प्रशिक्षण तथा तिज विशेष कार्यक्रम गरेको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) धनगढी उपमहानगर कमिटीको आयोजनामा विस्तारित भेला प्रशिक्षण तथा तिज विशेष कार्यक्रम गरिएको हो।
उपमहानगर कमिटीको विस्तारित भेला प्रशिक्षण तथा तिज विशेष कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष आदरणीय हरिराम चौधरी सहित बिभिन्न पार्टिका नेता कार्यकर्ता र महिला संगठनका नेताहरुको उपस्थिति रहेको माओवादी नेता रमेश प्रसाद भटटराईले जानकारी दिएका छन् ।