धनगढी : बिभिन्न स्वास्थ्य समस्या भएपनि स्वास्थ्यको पहुँच नभएका बालबालिकाहरुले बिद्यालयमै निशुल्क स्वास्थ्य सेवा पाएका छन् । स्वास्थ्य सेवाको पहुँचमा नभएका बालबालिकाहरुले बिद्यालयमै स्वास्थ्य चेकजाँच पाएका हुन् । कैलालीको घोडाघोडी नगरपालिकाका बिद्यार्थीहरुले बिद्यालयमै स्वास्थ्य चेकजाँच गराउन पाएका हुन् । स्वास्थ्यमा समस्या भएरपनि अस्पतालको पहुँचभन्दा टाढा रहेका बिद्यार्थीहरुलाई नेपाल सरकारको कार्यक्रम तथा बिभिन्न संघ संस्थाको सहयोगमा स्वास्थ्य चेकजाँच गरिएको छ ।
देशमा संघिय लोकतान्त्रीक गणतन्त्र स्थापनापछि गाउँघरमा सिहं दरबार आएपनि अँझै निम्न आय भएका नागरिकले स्वास्थ्य सेवा समेत पाउन सकेका छैनन् । स्वास्थ्यको पहुँचमा नभएका ब्यक्तीहरु घरमै रोग पालेर बस्न बाध्य छन् । २०७९ साल भाद्र ०८ र ०९ गतेका दिन युएस आईडि, ह्यान्डिक्याप ईन्टरनेस्नल र बिश्व क्षिक्षाको सहकार्यमा सर्वाङ्गिण अपांगता बिकास समाज नेपाल , धनगढी, कैलाली द्वारा संचालित अपांगता भएका बालबालिकाहरुको क्षिक्षामा पहुँच अभिबृद्धी गर्न सबैका लागि पढाई कार्यक्रमको आयोजनामा घोडाघोढी नगरपालिकामा रहेका शंकामा रहेका १६६ बालबालिका हरुको स्वास्थ चेक जाच भएको छ । जसमा १० जनाको अपांगता प्रमाण पत्र बन्ने भएको छ भने २४ जनाले चस्मा गेटा आखा अस्पताल बाट पाउने, भएका छन भने कानमा फोहोर जमेको किर्ना परेको जस्तो समस्या भएका ६० भन्दा बढी बालबालिकाको चेक जाच भएको सर्वाङीण अपांगता बिकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्टले बताए ।
यसै गरि चिकित्सकको सल्लाहमा बालबालिकाको आवश्यक परामर्श र सेवा दिन काम सस्थाले गर्ने उनले जानकारी दिए । यस्तै शिविरमा जुकाको औषधी खुवाउने तथा अपागंता परिचयपत्र बनाउने कार्यपनि भएको हो । समस्या भएका बालबालिकाहरुलाई सम्बन्धित अस्पताल पठाउने तथा आवश्यक सहायता सामग्री संस्थाले सहयोग गर्ने जनाएको छ ।
बिभिन्न संघ संस्थाको सहयोग तथा घोडाघोडी नगरपालिकाको समन्वयमा बिद्यार्थीहरुलाई बिद्यालयमै स्वास्थ्य चेकजाँच थालिएपछि अबिभावक तथा शिक्षकहरु खुशी छन् । बालबालिकामा भएका समस्या बारे अबिभावक तथा शिक्षकनै अनबिज्ञ रहेका बेला संस्थाले शिविरनै आयोजना गर्दा शंकास्पद बिद्यार्थीका समस्या यकिन हुने छ । साथै समस्या भएका बालबालिकाहरुलाई उपचार गराउन सहज हुने र आवश्यक सहायता सामग्री समेत पाउने भएपछि निम्न आय भएका बालबालिकाहरुलाई धेरै राहत पुग्ने शिक्षकहरुको भनाई छ ।
शिक्षक धन बहादूर खड्काले बिद्यार्थीहरु बिद्यालयमै स्वासथ्य सेवा पाउन थालेपछि सहयोगी संस्थाहरुलाई धन्यबाद दिए । रोग थाहा नपाएका तथा आर्थिक अभावमा अस्पताल सम्म पुग्न नसक्ने वालबालिकाका लागी यो ठुलो अवशर भएको उनले बताए । सरकारले गर्न नसकेको काम बिभिन्न संघ संस्थाको सहकार्यमा सर्वाङ्गिण अपागंता बिकास समाजले गरेकोमा जनप्रतिनिधीले धन्यबाद दिएका छन् । बालबालिकाका समस्या के छन् र समाधानका लागी सो स्वास्थ्य शिबिरले महत्वपुर्ण योगदान दिने जनप्रतिनिधीको अपेक्षा छ । समस्या भएका बालबालिकाहरुका लागी संस्था सित सहकार्य गरेर सहयोग गर्ने जनप्रतिनिधिले बताएका छन् ।
घोडाघोडी नगरपालिकाका मेयर खडक रावतले युएस आईडि, ह्यान्डिक्याप ईन्टरनेस्नल र बिश्व क्षिक्षाको सहकार्यमा सर्वाङ्गिण अपांगता बिकास समाज नेपालले बिद्यालयमै आएर स्वासथ्य चेकजाँच गरेकोमा धन्यवाद दिए । यस्ता काममा नगरपालिका सधैँ सहकार्य गर्न तयार रहेको उनले बताए ।
शिविरमा बाहिर केही नदेखिने तर स्वास्थ्यमा बिभिन्न समस्या भएका बिद्यार्थीहरुले सेवा लिएका छन् । निम्न आय भएका अबिभावकका लागी स्वास्थ्य सम्बन्धी चेतना पाउने र सेवा पाउने ठुलो अवशर थियो । यस्ता शिविरले निरन्तरता पाए पक्कै बालबालिकाले भविश्यमा ठुलो समस्या भोग्नु नपर्ने अबिभावकको भनाई छ ।