धनगढी। धनगढीको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १० को कार्यालयमा तालाबन्दी गरिएको हो। वडा नम्बर १० को कार्यालयले ज्यालादारी कर्मचारीलाई बिना कारण निकालेको भन्दै आज स्थानीयवासीले ताला बन्दी गरेका हुन्।
उक्त वडामा ज्यालादारी कर्मचारीको रुपमा ममता चौधरीलाई कामबाट हटाएर अरू कर्मचारी राखेको भन्दै स्थानीय जनता ३६ जनाको हस्ताक्षर सहित विरोधसँगै तालाबन्दी गरिएको हो । यता वडा अध्यक्ष शिव कुमार रानाले नगर सभाको निर्णय बाहेक आफूले कुनै थप निर्णय नगरेको प्रतिक्रिया दिए । वडा कार्यालयमा तालाबन्दी भएसँगै वडाको कामकाजमा प्रभावित बनेको छ ।