धनगढी : नेकपा एकिकृत समावजवादी पार्टी सुदूरपश्चिम प्रदेश कमिटिका निबर्तमान अध्यक्ष सहित पुर्ब मन्त्रीहरुले एमालेमा फर्किने तयारी गरेका छन् । नेकपा एकिकृत समाजवादी पार्टी गठन भएको १ बर्षको अवशरमा सबैतिर पार्टी स्थापना दिवश मनारहँदा सुदूरपश्चिम प्रदेशका निबर्तमान अध्यक्ष बिक्रम शाहीले पार्टी छोडेको घोषणा गरेका हुन् ।
पार्टी छोडेसंगै उनि सहित कपा एकीकृत समाजवादीमा सक्रिय रहेका सुदूरपश्चिमका ३ नेताले एमालेमै फर्कने तयारी गरेका छन् । सुदूरपश्चिमका निबर्तमान आर्थिक मामिला मन्त्री तारा लामा तामाङ, पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र बेदकोट नगरपालिका कञ्चनपुरका पूर्वमेयर अशोक चन्दले एमाले फर्कने तयारी गरेका हुन् ।
उनिहरु केही दिनमै एमालेमा फर्किन लागेको श्रोतले बतायो । १५ गते धनगढीमा हुने कार्यक्रममा एमाले अध्यक्ष केपी सर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको श्रोतले बतायो । सो दिन समाजवादीमा लागेका सयौँ नेता कार्यक्रता एमालेमा फर्किने एक नेताले बताए ।
यस्तै समाजवादीका पूर्व प्रदेश अध्यक्ष शाहीले पुनर्गठनको नाममा माधव नेपाललाई साथ दिएर आत्मग्लानी भएको सामाजिक सञ्जालमार्फत जनाएका छन् । ‘२०५४ सालमा बामदेबले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे । गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो। त्यसको पछि लाग्नेमा म पनि थिए। पार्टी विभाजनले काँग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई नै फाइदा पुर्यायो । त्यसबापत पछुतो र आत्मग्लानी भएको छ। विगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्थामा थिए भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु’ उनले बिहीबार बिहानै फेसबुकमा लेखेका छन् । यस्तै बेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दले पनि एमालेमै फर्किन लागेको जनाएका छन् ।