डडेल्धुरा। डडेल्धुराको एक विद्यालयमा कार्यरत कर्मचारीको मृत्यु भएको छ। डडेल्धुराको अमगरगढी नगरपालिका वडा नम्बर १० मा रहेको सहश्रलिंग माविमा कार्यरत लेखापाल भक्तबहादुर साउदको मृत्यु भएको हो।
सोही वडाका वडाअध्यक्ष खेमराज भट्टका अनुसार उनी पहिलेदेखि नै मुटु सम्बन्धीका बिरामी थिए। ३० वर्षीय साउद आज बिहान विद्यालय पुगेपछि अचानक रिँगटा लागेर ढलेका थिए। त्यसपछि उनलाई अस्पताल लगिएको र अस्पताल नुपग्दै उनको मृत्यु भएको हो।