गोदावरी नगरपालिका र कृष्णपुर नगरपालिका जोड्ने पधनियाघाट झोलुङ्गे पुल जोगाउन जैविक तटबन्धन निर्माणको काम सुरु गरिएको छ । गोदावरी र मोहना नदीको दोभानमा निर्माण गरिएको उक्त पुल बाढीको जोखिममा परेपछि तटबन्धन निर्माणको काम सुरु गरिएको हो ।
सशस्त्र प्रहरी नम्बर ७ बाहिनिबाट सशस्त्र प्रहरी उपरिक्षक प्रेम रावलको कमाण्डमा खटिएको टोलीले सो नदीमा जैबिक तटबन्धनको काम गरेको हो । सशस्त्र प्हरीको टिक संगै स्थानियको सहयोगमा तटबन्धन गरिन लागेको हो ।
कृष्णपुर नगरपालिका – ७ का स्थानीयले अत्तरिया, धनगढी बजार आउन दैनिक रुपमा प्रयोग गर्ने उक्त झुलुङ्गे पुल बाढीको उच्च जोखिममा परेपछि दुवै पालिकाको साझेदारीमा तटबन्धन निर्माण गर्न लागिएको छ । वडा नम्बर ७ का वडा अध्यक्ष घुम्मन रानाले जैविक तटबन्धन निर्माणका लागि वडाबाट १५ जना प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका १५ जना पनि परिचालन गरिएको बताए ।