राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा राजेन्द्र विष्ट चयन भएका छन्। मंगलबार धनगढीमा सम्पन्न राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनबाट अध्यक्षमा विष्ट चयन भएका हुन्।
विष्टको नेतृत्वमा संघको १७ सदस्यीय प्रदेश समिति बनाइएको छ। संघको उपाध्यक्षमा जीवन चौधरी, सचिवमा दिपेन्द्र अवस्थी, उपसचिवमा चाँदनी ठकुराठी र जनकराज जोशी, कोषाध्यक्षमा मंगलराज अवस्थी र सहकोषाध्यक्षमा सरोज पन्थी चयन भएका छन्। यस्तै सदस्यहरुमा भने भगीराम चौधरी, भावना बोहरा, अशोक थापा, मदनबहादुर साउद, शोभा कुमारी बुढा, चन्द्रकला चन्द, बबिता पाण्डे, राजुदेव चौधरी र मिना कुमारी चौधरी चयन भएका छन्।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका कार्यबाहक अध्यक्ष राम प्रसाद जोशीको प्मुख आथित्यतामा आया्जित प्रदेश अधिवेशनबाट सो प्रदेश कमिटि चयन भएको हो । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले सुदूरपश्चिम लगायत देशभर आफ्ना कर्मचारीको हकहित संरक्षणका साथै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ।