कैलाली। कैलालीमा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। कैलाली टीकापुर नगरपालिका वडा नं ७ बेलुवा बस्ने १८ वर्षीय किशोर हरी प्रसाद चौधरी पक्राउ परेका हुन्। आइतबारसाँझ ५ः३० बजेको समयमा चौधरीले ११ बर्षकी बालिकालाई घरमा कोही नभएको अवस्थामा जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी टोलीले पक्राउ गरेको हो।
किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी खटिएर उनलाई समातेको थियो। जबर्जस्ती करणी सम्बन्धि कसुरमा कैलाली जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भई रहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कैलाली प्रहरीले जनाएको छ।