धनगढी : नेकपा एकिकृत समाजवादी पार्टीले सुदूरपश्चिमबाट प्रतिनिधिसभाका लागी ४ सिट दावी गरेको छ । नेपाली काग्रेंस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी लगायतका पार्टी बिच भएको गठबन्धनमा नेकपा एकिकृत समाजवादीले प्रतिनिधिसभाका लागी ४ सिट दावी गरेको हो ।
नेकपा एकिकृत समाजवादी पार्टीले दावी गरेका ४ सिटमध्ये सबै भन्दा पहिलो नम्बरमा बझाङ हो । नेकपा एकिकृत समाजवादी पार्टीका स्थाई समिति सदस्य भानुभक्त जोशीको क्षेत्र बझाङमा जोशी गठबन्धनबाट निर्बिकल्प उमेदवार बनेका छन् । पुर्व बन मन्त्री समेत रहेका जोशी आफ्नो क्षेत्रमा निकै लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।
नेकपा एकिकृत समाजवादी पार्टीले दोश्रो नम्बरमा दावी गरेको क्षेत्र हो कैलाली क्षेत्र नम्बर ४ । यो क्षेत्र पार्टीका केन्द्रिय सदस्य कैलाली ईन्चार्ज तथा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री दीर्घ सोडारीको हो ।
क्षेत्र नम्बर ४ मा सोडारीले गठबन्धनबाट प्रतिनिधीसभा सदस्यको टिकट पाउने निश्चित भएको समाजवादीका एक नेताले बताए । हामीले दावी गरेका ४ क्षेत्र मध्ये दोश्रो नम्बरको क्षेत्र कैलाली क्षेत्र नम्बर ४ हो यहाँ कन्फर्मनै भइसक्यो ति नेताले भने “सोडारीले सुदूरश्चिममा आफ्नो दललाई पहिलो बनाउन खेलेको भुमिका संगठन निर्माण संगै पार्टीमा गरेको योगदानका कारण उनि गठबन्धनमा निर्बिकल्प उमेदवार हुन् ।”
त्यसपछिका दुई क्षेत्र हुन् डोटी र अछाम । निबर्तमान संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आले मगरको क्षेत्र डोटी हो । डोटीमा उनि आफु पक्का टिकट पाउने दावी गरिरहेका छन् । प्रधानमन्त्री देउवाले समेत ढुक्क हुनुस भनेका कारण आफै टिकट पाउने उनको दावी छ । तर यहाँ काग्रेंस सुदूरपश्चिम प्रदेश सभापति बिर बहादूर बलायको क्षेत्रपनि भएकाले उनलेपनि नछोड्ने दावी गरेका कारण मिलाउन सकस हुने देखिन्छ ।
श्रम मन्त्री शेर बहादूर कुँवरको क्षेत्र अछाममापनि नेकपा एकिकृत समाजवादीले आफ्नो भागमा टिकट मागेको छ । पार्टीका प्रदेश उपाध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहेका कुँवरलाई टिकट दिन पार्टीले अछाममापनि सिट माग गरेको हो ।
तर नेकपा एकिकृत समाजवादीलाई सुदूरपश्चिममा प्रतिनिधीसभाका लागी तिन सिट मात्रै पाइने सम्भावना बढेको छ । त्यसो भएमा डोटी या अछाम छोड्नुपर्ने स्थिती आउन सक्छ नेकपा एकिकृत समाजवादीका एक नेताले भने “बझाङ र कैलाली क्षेत्र नम्बर ४ को लगभग पक्का भएको छ हामीले ४ सिट पाए सबै मिलिहाल्यो अब गठबन्धनमा मिलाउँदा एक छोड्नु परे अछाम र डोटी मध्ये एक छोड्नुपर्छ ।”