धनगढी : टिकापुर घटना घटेको ७ बर्ष पुगेको छ । भदौ ७ गते सोही दिन कैलालीको टिकापुरमा बिद्रोह दिवश मनाउन लागिएको छ । २०७२ साल भदौ ७ गते टिकापुरमा घटेको घटनालाई टिकापुर बिद्रोह तथा थारु दिवश र ८ गते कालो दिनका रुपमा मनाइदै आएको छ । सोही मुद्धालाई चुनावी एजेण्डा बनाएको नागरिक उन्मुक्ती पार्टीलेपनि आज बिद्रोह दिवश मनाउन लागेको हो ।
नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेस्ठको उपस्थितीमा जेलबन्दी परिवारका सदस्यलाई अतिथि बनाइ सम्मान गर्ने कार्यक्रम समेत रहेको छ।
७ वर्षअघि २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो। उक्त घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले आजीवन कैदको सजाय भोगिरहेका छन्।
करिब साढे ३ वर्षपछि टीकापुर घटना सम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतले प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट विजयी सांसद चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। अदालतले थारु समुदायमाथि अन्याय गरेको भन्दै रेशम चौधरीसहितका कैदीबन्दी रिहाइ गर्नुपर्ने माग थरुहट थारुवान मोर्चाले राख्दै आएको छ।