धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत राजपुरमा मोटरसाइकल गाईसँग ठोक्किदा दुई जना घाइते भएपनि एकजनाको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइतेमध्ये मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१३ बस्ने ३० वर्षीय गंगा बोगटीको मृत्यु भएको हो । उनको उपचारको क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार गंगाकी श्रीमती शुशिला शर्मा घाइते छिन्। उनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। अत्तरियाबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएको थियो। दुर्घटना परि गाई मरेको छ।