दार्चुला। नेपाली सेनाद्वारा निर्माणाधीन कोठेधार-टिंकर सडकमा मजदुरी गर्ने एक जना कामदार घाइते भएका छन् । सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोमा परी एक जना घाइते भएका हुन् । दार्चुला-टिंकर सडकअन्तर्गतको ब्यास गाउँपालिका-२ माल कोठेधार क्षेत्रमा माथिबाट पहिरो आइ भाग्ने क्रममा रुकुम जिल्ला आठबिसकोट नगरपालिका-१२ का १८ वर्षीय विजय पुन घाइते भएका हुन्।
शनिबार अपराह्न ४ बजेतिर सडकमा काम गर्दा गर्दै माथिबाट पहिरो खसेको तथा भाग्ने क्रममा पुन करिब ५० मिटर तल खसेका थिए । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको दार्चुला टिंकर सडक आयोजनाले जनाएको छ । घाइते पुनलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइ उपचार भइरहेको छ।