कञ्चनपुर। कञ्चनपुरमा एक पसलमा चोरी भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुर स्थित एक पसलबाट नगद पचास हजार चोरी भएको हो। गएराती कलुवापुरमा रहेको ममता किराना पसल तथा कालिका वाइन सपमा चोरी भएको हो। कञ्चनपुर प्रहरीका अनुसार भीम बहादुर ऐरले सञ्चालन गरेको उक्त किराना पसलमा चोरी भएको हो ।
ईलाका प्रहरी कार्यालय झलारीका अनुसार भीम बहादुर ऐरले सञ्चालन गरेको उक्त पसलमा विभिन्न मदिरा,खाद्य सामग्री लगायत नगद पचास हजार चोरी भएको बताए । पसलमा लगाइएको ताला फुटाएर रातिको मौका छोपी चोरी भएको बताइएको छ । यस्तै कलुवापुरका अन्य दुई वटा पसलमा समेत चोरीको प्रयास गरिएको छ। प्रहरी विट नजिकै १५ मिटरको दुरिमा चोरीको प्रयास भएको हो। पसलमा चोरी भएको विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए । व्यवसायीहरुले चोरीका घटना न्यूनीकरणका लागि गस्ती,सिसिटीभी क्यामेराको प्रयोग बढाउन आग्रह गरेको बताएका छन् ।