धनगढी : प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा संगै उमेदवारहरु आ आफ्नो दलमा टिकटका लागी लबिङ गरिरहेका छन् । आफ्ना जित्ने आधार सहित पार्टीका नेताकहाँ उनिहरु टिकटका लागी धाइरहेका छन् । कैलाली जिल्लाको मध्य भागमा रहेको क्षेत्र नम्बर २ मापनि नेताहरु टिकट लिन दौडधुपमा छन् ।
यहाँ सत्ता गठबन्धन, एमाले र रेशम चोधरी नेतृत्वको नागरिक उन्मुक्ती पार्टी बिच त्रिपक्षिय प्रतिस्प्रधा हुने देखिएको छ । सत्ता गठबन्धनबाट नेपाली काग्रेंसका मोहन सिहं राठौर मुख्य दावेदार छन् । २०७४ सालको निर्वाचनअघी एमालेबाट काग्रेंस प्रवेश गरेका राठौर एमाले हुँदा शिक्षा राज्यमन्त्री भइसकेका थिए ।
२०७४ सालमा उनकै पुर्व स्वकिय सचिव झपट रावललाई एमालेले टिकट दिएपछि पार्टी छोडेका राठौरलाई काग्रेंसले टिकट दिएपनि उनि बिजयी हुन सकेनन् । उनले यसपाली सत्ता गठबन्धनबाट दावी पेस गरेका छन् । यस्तै नेपाली काग्रेंसबाटै नेता कमल शाहलेपनि प्रतिनिधीसभा सदस्यका लागी दावी गरेका छन् । तर यहाँ राठौरले टिकट पाए उनलाई प्रदेशसभामा लडाउने काग्रेंस नेताहरु बताउँछन् ।
सत्ता गठबन्धनबाट माओवादी नेता भगत बडुवालले दावी गरेका छन् । २०६४ सालको संबिधानसभा निर्वाचनबाट निर्वाचित बडुवाल यस पटक सत्ता गठबन्धनको साझा उमेदवार बन्नका लागी लबिङमा छन् । प्रदेशसभा तर्फ बर्तमान प्रदेशसभा सदस्य नन्द बहादूर साउँदको दावी छ भने, अन्यको अहिले दावी बाहिरिएको छैन ।
नेकपा एमालेबाट बर्तमान प्रतिनिधीसभा सदस्य तथा एमाले केन्द्रिय सदस्य झपट रावल बलियो दावेदारका रुपमा अघी सरेका छन् । सोही क्षेत्रमा राष्ट्रिसभा सदस्य कमला ओलीलेपनि दावी गरेकी छिन् । यस्तै निबर्तमान जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्य बहादूर थापालेपनि प्रतिनिधिसभामा जाने इच्छा राखेका छन् । एदी यो क्षेत्रबाट झपट रावललाइनै पार्टीले प्रतिनिधिसभाका लागी अघी सारे सुर्य बहादूर थापालाई प्रदेशसभाको टिकट दिने सम्भावना छ । यता प्रदेशसभा ख मा जिल्ला सचिव डेजी पाण्डेको दावी छ, उनको ठाउँमा कसैले दावी नगरेका कारण उनि टिकट पाउने निश्चितझैँ छ ।
गत स्थानिय तहको निर्वाचनमा कैलाली जिल्लाका ४ पालिका प्रमुख जित्दै पहिलो दल बनेको नागरिक उन्मुक्ती पार्टीले सो निर्वाचन क्षेत्रमा अन्य दलहरुलाई चुनौती दिने छ । सो क्षेत्रबाट प्रतिनिधीसभा सदस्यमा अरुण चौधरीको टिकट पाउने निकै सम्भावना छ ।