धनगढी : प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा संगै उमेदवारहरु आ आफ्नो दलमा टिकटका लागी लबिङ गरिरहेका छन् । आफ्ना जित्ने आधार सहित पार्टीका नेताकहाँ उनिहरु टिकटका लागी धाइरहेका छन् । नेकपा एमालेका प्रभावशाली युवा नेताका रुपमा परिचित राजेश खातीपनि प्रदेशसभा सदस्यको उमेदवार बन्न लबिङमा छन् । लामो समय सामाजिक क्षेत्रमा काम गरेका खाती प्रदेशसभा सदस्यको उमेदवार बन्न नेताहरुसंग छलफलमा छन् ।
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य समेत रहेका राजेश खातीले कैलाली क्षेत्र नम्बर ५ क बाट उमेदवारी दिने तयारी गरेका छन् । पार्टीका नेताहरुकहाँ उनि आफ्नो दावी प्रस्तुत गरिरहेका छन् ।
उनि सो निर्वाचन क्षेत्रमा पार्टी तथा जनतामापनि बलियो देखिएका छन् । २०७२ सालमा सेती प्रादेशिक अस्पताल बिकास समितिको सदस्य हुँदै कार्यबाहक अध्यक्ष भएर काम गरेका खातीले अस्पताल सुधारका बिभिन्न काम गरेका थिए । खातीकै पालामा आइसियु जडान देखी बिभिन्न उपकरण जडान भएका थिए । स्वास्थ्यमन्त्री गगन थापाद्वारा आइसियु कक्षको उद्घाटन गराउन सफल भएका खातीले सेती अस्पताल सुधारमा महत्वपुर्ण काम गरेका थिए ।
यस्तै ४ हजार बढी उपभोक्ता रहेको शिवनगर खानेपानी उपभोक्ता समितिको अध्यक्ष समेत रहेका खातीले खानेपानीमा नमुना काम गरेका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीबाट शिवनगर खानेपानीको उद्घाटन, निरिक्षण गराउन सफल भएका खातीले शिवनगर खानेपानीमापनि निकै परिवर्तन ल्याएका छन् । शिवनगर खानेपानीलाई स्तरोन्नती, भवन निर्माण, स्काडा जडान, लगायत उनि खानेपानीको आधा श्रृण चुक्ता गर्न सफल भएका छन् ।
निस्वार्थ सामाजिक क्षेत्रमा उत्कृष्ठ काम गरेका खाती अब जनताको प्रतिनिधी भएर काम गर्ने सोचमा छन् । जुन क्षेत्रमा नियुक्ती पाए त्यो क्षेत्रमा राम्रै काम गरे, मन शन्तुस्ट छ र जनताले बिश्वासपनि गरे खातीले भने “अब सांसद बनेर जनताका समस्या समाधान गर्छु, हालसम्म स्वास्थ्यका समस्या र खानेपानीका समस्या समाधान गर्न काम गरे अब सबै समस्या समाधानका लागी काम गर्न जनताको प्रतिनिधी बन्ने तयारीमा छु, सबैको साथ रहने छ भन्ने अपेक्षापनि छ ।”
पार्टीले मेरो गरेको काम मेरो समाजप्रतिको लगाव पार्टीका गरेको योगदानलाई पक्कै मुल्याकंन गर्ने छ उनले भने “मलाई पार्टीले टिकट दिए बिजयी हुन धेरै समस्या पर्दैन हाम्रो बलियो संगठन भएको क्षेत्र हो कैलाली क्षेत्र नम्बर ५ क त्यसमा मेरो ब्यक्तीगत पहिचानपनि त्यत्तिकै छ त्यस कारण मेरो जित निश्चित छ ।”
कैलाली क्षेत्र नम्बर ५ क मा खातीसंगै बर्तमान प्रदेशसभा सदस्य नेपालु चौधरीलेपनि दावी गरेका छन् ।