धनगढी। दार्चुलाको जीप दुर्घटनामा घाइते को उपचारमा कसर बाँकी नराख्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। हिजो भएको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जीप दुर्घटनामा घाइते भएकाहरुको उपचारमा कुनै कसर नराख्न गृहमन्त्री खाणले को व्यवस्था मिलाउन निर्देशन दिएका हुन।
उनले गृह प्रशासन र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरी घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिए । मन्त्री खाणले जिल्लामा रहेको स्रोत र साधनले नपुगेमा मन्त्रालयमा खबर गर्न पनि सम्बन्धित अधिकारीलाई आग्रह गरेका छन् ।