अछाम। अछाममा जिप ब्यवसायी आन्दोलित भएका छन्। अछाममा सार्वजनिक यातायात प्रालीमा आबद्ध जयगढका जिप ब्यवसायी आन्दोलित भएका हुन्। उनीहरुले जयगढ बजारमा २ घण्टा यातायात अबरुद्ध गरेका छन्। अछाम सार्वजनिक यातायात प्रालीमा आबद्ध जयगढका जिप ब्यवसायीले नियमानुसार पालो नपाएको भन्दै आपत्ती जनाएका छन्।
यस्तै उनीहरुले काउन्टर प्रतिनिधीले मनोमानी गरेको आरोप लगाएका छन्। उनीहरुले यातायात समितीलाई निवेदन जारी गर्दै ब्यक्तीको गाडीलाई प्राथमिकता राखेको र अरुलाई मार्कामा पार्ने उदेश्यले एकलौटी र मनोमानी ढङ्गले काउण्टर चलाएको आरोप लगाएका छन् । २ घण्टापछि जिप सञ्चालकहरु बिच भएको लिखित सम्झौतापछि मात्रै सडक खुलाइएको हो । उनीहरुले अछाम सार्वजनिक यातायात प्रालीका प्रतिनिधी रुप बहादुर बुढा र असन्तुष्ट जिप सञ्चालकहरुबिच लिखीत सम्झौता गरिएको जिप संचालक सन्तोष राज जोशीले जानकारी दिएका छन् । यदी लिखित सम्झौता कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका हुन्।