धनगढी। धनगढीको देवहरिया गौशालाबाट चौपाया भगाइएका छन्। सोमबार राति कैलालीको धनगढी वडा नम्बर ७ देवहरियामा रहेको गौशाला तोडफोडसँगै गौशालामा रहेका चौपाया भगाइएको गौशालाका इञ्चार्ज पृथ्वी रानाले बताए। उनले अज्ञात व्यक्तिद्धारा तारबार उखेलेर गौशालाका ५ सय गाईमध्ये २ सय गाई भगाएको बताए। स्थानीयले रातिको समयमा गौशालाका गाई बाहिर गएको देखेपछि हामीलाई खवर गरेका थिए उनले भने।
विभिन्न ठाउँबाट २ सय चौपाया देवहरिया गौशालामा पुगाएकोमा सोमबार ती सबैलाई भगाउने काम गरिएको बताएका छन्। यता धनगढीमा छाडाचौपायाको ब्यवस्थापन हुन नसकेपछि सम्बन्धित निकायप्रति आलोचना बढेको छ। उनीहरुले स्थानिय तहले छाडा पशुचौपाया व्यवस्थापन गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन्। धनगढीका स्थानिय यसपाल अबस्थीले ब्यङ्ग्य गर्दै लेखेका छन्, गौ माता हरु भोकभोकै न खाना को लागि आहारा, न पानी , तेसैले तेस्तो दुःखद अवस्था देखेर भगवान स्वयंम आएर गौ माता हरुलाइ बन्धन बाट छुटकरा दिनु भएको होला।यस्तै स्थानिय तहले छाडा पशुचौपाया व्यवस्थापनमा निर्णय गर्न नसकेको आरोप लागेको छ । छाडा पशुचौपाया व्यवस्थापन नहुँदा धनगढी वडा नम्बर १४ को वडा कार्यालय परिसरमै छाडा पशुचौपायाले बासस्थान नै बनाउन थालेका छन्। धनगढीका एक जना स्थानियले सामाजिक सञ्जालमा लेखेका छन्,छाडा पशुचौपाया व्यवस्थापनमा गतिलो निर्णय गर्न नसकेपछि ‘गौमाता’हरु बासको विकल्प खोज्दै वडा कार्यालयमै पुग्नुभएछ। अब आँगन मै आएर धर्ना दिएपछि व्यवस्थापन नगरेर भयो त ? लाजको पसारो।