कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालीका ७ खाइरानीकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। बिषादी सेवन गरेपछि सिकिस्त भएकी २५ बर्षीया इन्द्रावती रानाको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिँह भण्डारीले रानाले सोमबार दिउँसो बिषादी सेवन गरेकी थिइन । बिषादी डब्बा उनको हातमा देखेपछि परिवार सदस्यहरुले बेलौरीका स्थानिय अस्पतालमा पुर्याएको भएपनी थप उपचारका लागी धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा ल्याएका थिए । घटनाबा बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।