धनगढी। कैलालीको धनगढीमा शिक्षक लाइसेन्स परीक्षामा भिडिओ बनाउने एक परीक्षार्थीलाई कारबाही गरेको छ। शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरेको जनाएको हो। यहि भदौ २८ गते कैलालीस्थित धनगढीको त्रिभुवन मावि बोराडाँडीको ‘ख’ केन्द्रबाट परीक्षा दिएका विनोदकुमार बम्मलाई आयोगले कारबाही गरेको सुचनामा उल्लेख गरिएको छ।
कैलालीको केन्द्र नम्बर ७११ श्री त्रिभुवन मा. वि. बोराडाँडी ‘ख’ केन्द्रमा परीक्षार्थी संकेत नम्वर २०००८५०७, रोल नम्बर ३८७२००३१२३ का परीक्षार्थी वम्मले मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तीकाको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेको भन्दै आयोगले उनको परीक्षा रद्द गरेको जानकारी दिएको छ। बम्मलाई शिक्षक नियमावली, २०५७ को नियम २६ को उपनियम १ अनुसार अनुमति पत्रको दरखास्त रद्द गरिने गरि कारबाही गरिएको र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो २ वर्षसम्म आयोगको कुनै परीक्षामा सहभागी नहुने गरि रोक लगाइएको शिक्षक सेवा आयोगले जनाएको छ। यो हेर्नुहोस सुचना