धनगढी : नेपाली काग्रेंस (विपी) का बरिष्ठ उप सभापति कर्ण बहादूर मल्लले यसपालि प्रतिनिधिसभा निर्वाचनमा शेर बहादूर देउवालाई हराउनै पर्ने बताएका छन् । सोमबार बोलन्या थलीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मल्लले ५ पटक प्रधानमन्त्री भइसकेका शेर बहादूर देउवालाई फेरी जिताएर प्रधानमन्त्री बनाए देश बेचिने बताएका हुन् ।
देउवाकै नेतृत्वमा एमसीसी पास भइसक्यो एसपीपी पास गर्नका लागी लागिराख्नुभएको छ तर पास भएको छैन मल्लले भने “फेरी नागरिकता बिधेयक ल्याएर बिदेशी दलाललाई यो देश बेच्न उहाँ लागिराख्नुभएको छ, तर राष्ट्रपतिले सो बिधेयक फिर्ता पठाएर देश बेचिनबाट जोगाउनुभएको छ म राष्टपति बिद्यादेवी भण्डारीज्युलाई धेरै धन्यवाद दिन चाहान्छु ।”
२०५१ सालबाट पश्चिम सेतीको नारा लगाएर देउवाले चुनाव जित्दै आउनुभएको छ तर २०८९ मा पुग्दासम्म पश्चिमसेती नारामै सिमित भएको छ मल्लले भने “सबैलाई रोजगारी दिने, सडक पुल बनाउने, उधोग बनाउने, लगायत झुटा बाचा दिएर हरेक निर्वाचनमा देउवाले सुदूरपश्चिमका जनतालाई ठकिराख्नुभएको छ यसपालि उहाँलाई छैटौँ पटक प्रधानमन्त्री हुनबाट रोक्नुपर्छ, फेरी उहाँनै प्रधानमन्त्री हुनुभयो भने देश बेच्नुहुन्छ ।”
द्येउवाले बारम्बार डडेल्धुराका जनतालाई ठगिरहेको मल्लको दावी छ । चुनाव जितेपछि काठमाण्डौँमा रमाउने तर चुनावका बेला डडेल्धुरा आएर झुटा आश्वासन बाँड्ने देउवालाई मत दिए फेरी डडेल्धुराका जनता ठगिने मल्लको भनाई थियो ।
डडेल्धुरामा आउने चुनाव जित्ने जाने अनी जनताका दुखको पत्तै छैन मल्लले भने “जनताका माग के हुन त्यो बारेमा देउवा कहाँ बोल्ने कसैलाई आँट छैन, उहाँले पार्टीलाई कम्पनि जस्तै चलाउनुभएको छ पार्टीमा अधिनायकवाद हाबी भएको छ अनी आफुलाई प्रजातन्त्रवादी भन्न सुहाउँछ ।” आफु पार्टीका बिधानका कुरा अनुशासनका कुरा उठाउने भएकै कारण पार्टीबाट कार्वाहीमा परेको बताए । आफूले नेपालमा हिन्दुत्वको नारा लगाएको र पार्टीभित्रको अप्रजातान्त्रिक पद्धतीको बारेमा बोलेका कारण कारवाही भएको उनले स्पष्ट पारेका छन् ।
सिगाें देश हिन्दु हुँदा काग्रेंसमा मैले हिन्दु राष्ट्रको कुरा उठाएको थिए उनले भने “त्यसमा देउवाको रुची थिएन किनकी उहाँ युरोपेली युनियनको डलर खाएर बसेका कारण उहाँलाई हिन्दु चाहिदैन तर मत माग्दा जनताकहाँ म हिन्दुनै हो टिका लाउँछु भनेर जनतालाई झुक्याउँने गरेका छन् ।” उहाँलाई उहाँका विदेशी क्रिस्टियन प्रभूहरुको दबाब थियो मल्लले भने, “अर्को कारण उहाँलाई मैले पार्टीभित्रको अप्रजातान्त्रिक विषयमा बोलेको मन परेन। त्यसैले त बहालवाला जिल्ला सभापतिलाई बाहिर राखेर डडेल्धुरामा जिल्ला अधिवेशन गरियो।’
मल्लले प्रदेश सरकारले करिब ५ बर्षे अवधीमा कुनैपनि जनमुखी काम गर्न नसकेको बताएका छन् । त्रिलोचन भट्ट सरकारले ब्यक्तीगत फाइदा र कार्यक्रताका लागी बाहेक कुनै काम गर्न सकेनन् उनले भने “निर्माण व्यवसायी तथा गाउँका टाठाबाठासँग अग्रिम रकम लिएर योजना हाल्ने बाहेक यो सरकारका कुनै उपलब्धीमुलक काम हुन सकेन कोरोनाका बेला यहाँका नागरिकप्रती सम्बेदनशिल भएनन् ।” ५ बर्षसम्म अनियमितता गरेको उहाँहरुलाई कुनै पछुतो छैन बरु ५ दलिय दम्भ छ उनले भने “काग्रेंसले ४ बर्ष सरकार बिरुद्ध प्रतिपक्षीको भुमिका खेल्यो अन्तमा त्यही त्रिलोचनको पछि लागेर त्यही सरकारका काम ढाकछोप गर्न गएको छ ।” सुदूरपश्चिममा कोही चोखो रहेनन् काग्रेंस, माओवादी, समाजवादी सबै मिलेर खानका लागी लागेको उनले बताए ।
यस्तै मल्लले मंसिर ४ गते तोकिएको प्रतिनिधि सभामा उम्मेदवारी दिने बारेमा ठोस् निर्णय नलिएको स्पष्ट पारेका छन्। उनले डडेल्धुराका ‘सचेत’ मतदातामाँझ गएर सुझाव संकलन गरेपछि मात्रै उक्त निर्णय लिने बताएका छन्।