कैलाली। कैलालीको बुढीतोलामा ट्रक र हायस एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा ट्रक र हायस एक आपसमा ठोक्किएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
आइतबार अपरान्ह अत्तरियाबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ५०५ नम्बरको हायस र विपरीत दिशाबाट आइरहेको ना८ख २३४७ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन्। दुर्घटनामा दुवै सवारी साधनमा सामान्य क्षति भएको छ । भने यात्रुहरु सकुशल रहेका प्रहरीले जनाएको छ।