धनगढी। धनगढीमा ६ लेन सडक खण्ड प्रयोग गर्ने सम्बन्धमा सचेतना कार्यक्रम गरिएको छ । शनिबार कैलालीको धनगढी उपमहानगरपालिका वडा न ४ चटकपुर स्थित मोहना अत्तरिया ६ लेन सडक खण्डमा सडक प्रयोग गर्ने सम्बन्धमा सचेतना कार्यक्रम गरिएको हो ।मालिकार्जुन दार्चुला सेवा समिति धनगढी कैलालीको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको सहकार्यमा उक्त समितिको सभाहलमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहले उक्त सेवा समितिमा आवद्ध प्रतिनिधिहरुलाई ६ लेन सडक खण्ड प्रयोग गर्दा अपनाउनु पर्ने सवाधानिबारे प्रशिक्षण दिएका थिए । चटकपुर स्थित सडक खण्डमा चालक,सह-चालक लगायत सम्पुर्ण सडक प्रयोग कर्तालाई ६ लेन सडक खण्ड प्रयोग गर्दा अपनाउनु पर्ने सावधानि,लेन परिवर्तन गर्ने तरिका, ओभरटेक गर्ने तरिका,सवारी साधनको गति सिमा सम्बन्धमा सम्झाई बुझाई गरेका छन् ।यस्तै ट्राफिक प्रहरीले बिभिन्न जनचेतनामुलक प्लेकार्ड सहित पर्चा पम्पलेट समेत बितरण गरेका छन् ।