बैतडी। महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेका छन् । बेपत्ता भएका उनीहरु अझै फेला परेका छैनन्। शुक्रबार राति पनि खोजी गरेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार बिहानैदेखि बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।
शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको थियो । किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ गएका छन् । उनीहरू बगेर बेपत्ता भएको बारेमा झुलाघाट बाहेक अन्य ठाउँमा रहेका सशस्त्र प्रहरीका बिओपीलाई पनि जानकारी गराइएको छ भने सीमामा रहेका भारतीय सुरक्षाकर्मीहरूलाई समेत जानकारी गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए ।