धनगढी : अन्तराष्ट्रिय युवा दिवशको अवशरमा प्रदेश युवा परिषद सुदूरपश्चिमको आयोजनामा बृक्षारोपण तथा रक्तदान लगायतका सामाजिक कार्य गरिएका छन् । प्रदेश युवा परिषद सुदूरपश्चिमको आयोजनामा धनगढीको शिवपुरी धाम परिसरमा बृक्षारोपण गरिएको छ ।
युवा परिषदका पदाधिकारी तथा सदस्य, आम युवा बर्ग, गोजुरियो कराँते दो संघका प्रशिक्षार्थी, पदाधिकारी, नेपाली सेना लगायतको सहभागितामा धनगढीको शिवपुरी धाम परिसरमा बृक्षारोपण गरिएको हो । त्यहाँ ५ सय बढी बिभिन्न फलफु लगायतका बिरुवा रोपेको प्रदेश युवा परिषद सुदूरपश्चिमका कार्यकारी सदस्य शेर बहादूर बिष्टले जानकारी दिए । यस्तै युवा परिषदकै आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रमबाट ३५ पिन्ट रगत सकंलन भएको कार्यकारी सदस्य बिष्टले जानकारी दिए । उनका अनुसार परिषदले मानवसेवा आश्रममा खाद्यान्न वितरण समेत गरेको छ ।
युवाहरुको लगानी आफ्नै क्षेत्रमा लाउनुपर्छ र युवा समाजप्रतिपनि उत्तरदायी बन्नुपर्छ भन्ने शन्देस दिन अन्तराष्ट्रिय युवा दिवशका अवशरमा यि बिविध सामासजक कार्य गरेको प्रदेश युवा परिषद सुदूरपश्चिम प्रदेशका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए । सामाजिक क्षेत्रमा केही कामपनि हुने र युवाहरुमा जाँगर पलाउने हुँदा परिषदले यस्ता सामाजिक कार्य गर्दै आएको उनले बताए ।
युवाहरुले यस्ता सामाजिक कार्यमा सहभागी हुनुपर्छ र समाजप्रति उत्तरदायी बन्नुपर्छ भन्ने हेतुले बृक्षारोपण तथा रक्तदान कार्यक्रममा आफ्नो टिम सहित सहभागी भएको राष्ट्रिय गोजुरियो कराँते दो संघका महासचिव प्रकाश चन्दले बताए । समाजमा जन्मिसकेपछि समाजप्रति केही न केही उत्तरदायी बन्नुपर्नेमा उनले जोड दिए ।
यस्तै बृक्षारोपण तथा रक्तदानमा सहभागी भएका युवाहरुलेपनि समाजलाई केही फाइदा हुने किसिमले काम गर्नुपर्नेमा जोड दिए । भोलीका कर्णधार युवाहरुबाटै सकारात्मक कामको शुरुवात हुनुपर्नेमा उनिहरुको जोड छ ।