धनगढी। धनगढीका अस्पतालहरुमा हुनसक्ने विपद् जोखीमबाट बच्न तालिम तथा प्रतिकार्य अभ्यास गरिएको छ । धनगढीमा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना(सुपर) अन्तर्गत धनगढी उपमहानगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीको आयोजना युरोपीयन युनियनको आर्थिक सहयोग र यूएनडीपी/युनीसेफ, यु एन ओमनको सहकार्यमा सो तालिम तथा अभ्यास गराइएको हो ।
धनगढीका बिभिन्न अस्पतालहरुमा कार्यरत ब्यवस्थापकिय समुह, कर्मचारी तथा स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । शहरी विपद तथा भुकम्पीय जोखीमका हिसाबले अस्पतालका क्षेत्र सम्वेदन शिल क्षेत्रमा पर्ने भएकाले सो जोखीम न्युनिकरण गर्न तालिम तथा प्रतिकार्य अभ्यास गरिएको जनाइएको छ । तालिममा सहभागि नवजिवन अस्पतालका नरेन्द्र राज जोशीले तालिमबाट धेरै कुरा सिकेको अनुभब सुनाए । विपदको समयमा कसरी सुरक्षीत रहने भन्ने बारेमा जानकारी पाएको बताए । उनले तालिमबाट ब्यवहारीक र प्रत्यक्ष रुपमा अभ्यास गर्न पाएको जानकारी दिए । यस्तै सेती प्रादेशिक अस्पतालका सुपभाइजर ज्ञानु कुंवरले आगलागी, भुकम्प, बिद्युत सर्ट लगायत बिभिन्न जोखीमबाट कसरी बच्ने र अरुलाई पनी कसरी सुरक्षा अपनाउन सकिन्छ भन्ने बारेमा जानकारी पाएको बताइन् । यसरी अभ्यास मार्फत यो तालिम सिकाएको भन्दै आयोजक संस्थालाई धन्यवाद ब्यक्त गरिन् ।
सो तालिममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर अन्तरगत सशस्त्र प्रहरीकोे टिमले प्रशिक्षण तालिम दिएको थियो । तालिममा सहरी विपद् तथा भूकम्प, आगलागीको पुर्व तयारी र विपदपछिको उद्धार कसरी गर्ने भन्ने बारे जानकारी प्रदान गरिएको सई किसन सिँह टेरले जानकारी दिएका थिए । उनको टोलीले प्रत्यक्ष रुपमा आगलागीबाट कसरी सुरक्षीत रहने भन्ने बारेमा सिलीङ्डर ग्यास मार्फत अभ्यास गराएका थिए । सेती प्रादेशीक अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष निर्मल शाहले बिभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा बिरामीहरुलाई बिपदबाट बच्न महत्वपुर्ण तालिम तथा अभ्यास भएको महसुस गरेका छन् । अभ्यासका लागी चाहिने न्युनतम आवश्यक सुरक्षाका सामाग्रीको तयारी अवस्थामा राख्न र तालिमबाट सिकेको सिपलाई उपयोगमा ल्याउन र ज्ञानका कुरा सबैलाई बाँड्दा बिपदबाट सुरक्षीत बन्न सकिने उनको भनाई छ ।
यस्तै कार्यक्रममा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाका सुदुरपश्चिमका प्रादेशिक प्राबिधीक अधिकृत प्रगती भट्टराईले शहरी विपद तथा भुकम्पीय जोखीमका हिसाबले अस्पतालका क्षेत्र सम्वेदन शिल क्षेत्रमा पर्ने भएकाले अस्पतालका ब्यवस्थापकीय टिमलाई तालिम तथा अभ्यास दिइएको बताइन् । अस्पताल सम्वेदन शिल क्षेत्रमा सामान्य बिपदले ठुलो जोखीम निम्त्याउने भएकाले ब्यवस्थापकीय टिमलाई सिलीङ्डर ग्यास लिक बिद्युत सर्ट,चट्याङ्गका कारण हुने आगलागी तथा फरफरक हुने आगलागी तथा नियन्त्रणकालागी सो अपनाइने सम्बन्धि अपनाइने तरिका, तालिम तथा अभ्यास सिकाईएको जानकारी दिइन । साथै उनले आगामी दिनमा सम्बेदनशिल क्षेत्र बिद्यालय, आयल निगम तथा ग्यास डिपो क्षेत्रमा रहेर सो तालिम तथा अभ्यास गराइने जानकारी दिइन् ।